अमेरिका जान लागेका पत्रकार बानियालाई पोखराका सहकर्मीहरुको विदाइ

एविसी टेलिभिजन चार नम्बर प्रदेश ब्युरो अन्तर्गत पोखरामा कार्यरत रही अमेरिका जान लागेका सञ्चारकर्मी गोकुल बानियालाई एक कार्यक्रमका बीच बधाई सहित विदाइ गरिएको छ । विगत ९ वर्षदेखि पोखरामा पत्रकारिता गर्दै आएका बानियालाई अमेरिका जान लागेको अवसरमा एविसी टेलिभिजन चार नम्बर प्रदेश ब्युरोले बधाइ तथा शुभकामना सहित विदाइ गरेको हो ।

पोखराको लेकाली चुलोमा आयोजित कार्यक्रममा वोल्दै पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठले अमेरिका जान लागेका पत्रकार बानियाको सफल यात्राको कामना गर्दै आगामी दिनमा जहा रहेतापनि पत्रकारीताको माध्यामबाट नजिक रहन आग्रह गरे । इन्टरनेटको जमानामा भौतिक रुपमा टाढा भएतापनि काम कुरामा नजिक रहने भएकाले पोखरा र पोखराका सहकर्मीहरुलाई नभुल्न समेत आग्रह गरे ।

सो अवसरमा वोल्दै एबिसी टेलिभिजन चार नम्बर प्रदेश ब्युरो प्रमुख एम बि आस्था मगरले बानियाको एविसी मिडिया प्रतिको सहकार्य टुटेतापनि आगामी दिनमा पनि जहा रहेतापनि आफुहरुवीच आत्मियता कायम रहने वताए । एबिसी टेलिभिजनमा रहदा वा नरहदा पनि आत्मियता गाढा रहिरहने वताउदै उनले जहा भएतापनि आफ्नो पत्रकारितालाई निरन्तरता दिन समेत आग्रह गरे ।

विदा भएर जान लागेका बानियाले आफ्नो पोखरा बसाइ अत्यन्तै फलदायी भएको वताउदै एबिसी टेलिभिजनमा काम गर्दाको क्षण अविश्मरणीय रहेको वताउदै आफु जहा रहेतापनि सहकार्यलाई निरन्तरता दिने वताए । आफु अमेरिकामा रहेतापनि पत्रकारितालाई निरन्तरता दिने वताउदै बानियाले कार्यक्रममा उपस्थित सम्पूर्ण पत्रकारहरुलाई धन्यवाद ब्यक्त गरे ।

लेकाली चुलो घरको ब्यवस्थापनमा आयोजित कार्यक्रममा कार्यरत कान्तिपुर पोखरा ब्युरो प्रमुख भीम घिमिरे, अन्नपूर्ण पोष्ट पोखराका ब्युरो प्रमुख केशव शरण लामिछाने, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रामकृष्ण ज्ञवाली, सञ्चारिका समुह पश्चिमाञ्चल अध्यक्ष जमुना शर्मा लगायत पोखराका प्रतिष्ठित २ दर्जन बढी पत्रकारहरुको सहभागीता रहेको थियो ।