अपांगता भएका ब्यक्तिका लागि डोको पदयात्रा

छवि मगर
पोखरा, १४ कात्तिक । जन्मैदेखि अपांगता भएका ११ वर्षका स्विस बालक आन्त्वान बोदमेयर र सवारी दूर्घटनामा परेर अपांग भएका ४० वर्षका नेपाली पत्रकार, गजेन्द्र बुढाथोकी नेपालमै पहिलो पटक डोको यात्रा गरेका छन् ।
doko-yatra-2फरक भाषा, सँस्कति, देश, भूगोल, चिन्तन, बिचार र अवस्थाका, फरक उमेरका दुई जनालाई यूरोप बस्ने नेपाली पत्रकार, लेखक तथा अनुसन्धाता ददिराम सापकोटा र स्विटजरल्याण्डका मनोविज्ञानविद डाक्टर पाथ्रिक जनेनको टिमले तिनका परिवारसहित अन्नपूर्ण हिमाली क्षेत्रमा डोकोमा बोकेर लैजाने चुनौतिपूर्ण काम आँटेका हुन् । यात्राबारे जानकारी दिन शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा यात्राको संयोजन गरेका पत्रकार सापकोटाले अपांगता भएकाहरुलाई समाजमा घुलमिल गराउन सके समाजकै लागि उत्प्रेरणा मिल्ने विश्वासका साथ ‘डोको यात्रा’ गरिएको बताए ।
doko-yataदुई फरक देशका, फरक भाषा, फरक उमेरका उनीहरुलाई पदयात्राका क्रममा छोम्रोङसम्म लगिएको थियो । कात्तिक ३ देखि १३ गतेसम्म भएको उक्त डोको यात्रामा दुबैलाई पाँच जना सहयोगीले डोकोमा बोकेर अत्यन्तै जोखिमयुक्त यात्रा गराएका थिए ।
पहाडी क्षेत्रमा सामान्यतया पदयात्रा सहज मानिँदैन । त्यसमा पनि अपांगता भएका व्यक्तिको लागि झनै कठिन हुन्छ । उनीहरु आफ्नो शरीर नियन्त्रण राख्न सक्दैनन् । उनीहरुलाई बोकेर हिड्दा जुनसुकै बेला जे पनि हुन सक्ने जोखिम थियो । पत्रकार ददिरामले भने हाम्रो यो यात्रा अपांगता भएका ब्यक्ति, परिवार र समाजमा सकारात्मक भूमिका खेल्ने मात्रै नभएर नेपालको पर्यटन क्षेत्रकैलागि यो एक महत्वपूर्ण सन्देश, उदाहरण हुन सक्ने विश्वास हामीले लिएका छौं ।

doko-yatra-1ह्वील चियरको सहयोगमा हिडडुल गर्ने स्वीस आन्त्वान र बुढाथोकीले यात्राका क्रममा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए । प्याराप्लेजिक ९आधा शरीर नचल्ने० पत्रकार बुढाथोकीले अपांगता भएकालाई साथ, सहयोग र उत्प्रेरणा आवश्यक रहेको बताए । उनले अब बन्ने भवन संरचना अपांगमैत्री हुनुपर्नेमा समेत जोड दिए । अपांगता भएका व्यक्ति, परिवार र समाजमा सकारात्मक भूमिका खेल्ने मात्रै नभइ नेपालको पर्यटन क्षेत्रकै लागि डोको यात्रा महत्वपूर्ण भएको आयोजकको दाबी छ । स्वीस मनोविज्ञानविद् प्याथ्रिक जेननले भवन निर्माण गर्दा कम खर्चमै अपांगमैत्री बनाउन सकिने जानकारी दिँदै यसबारेमा सोच्नुपर्नेमा जोड दिए । विश्वको कुल जनसंख्यामध्ये १५ प्रतिशत व्यक्ति अपांगता भएका छन् । नेपालमा कुल जनसंख्याको १० प्रतिशत यस्ता व्यक्ति छन् । डोको यात्रा टोलीमा आन्त्वानका बाबुआमा, दाइ, गजेन्द्रका छोरा, लेखक ददी सापकोटालगायत सहभागी रहेको पत्रकार मनोज घर्तीमगरले जानकारी दिए ।