अन्र्तराष्ट्रिय नेपाली साहित्य समाजबाट पोख्रेली कलाकार पौडेल सम्मानित

विदेशी भुमिमा रहेरपनि नेपाली गीत सङ्गीतको क्षेत्रमा योगदान पु¥याएको भन्दै नव गायक÷गीतकार हिमालाल पौडेल अभिषेक सम्मानित हुनुभएको छ ।

ओमानमा रहेको अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज र मिर्मिरे सांस्कृतिक परिवारले गायक पौडेललाई शुक्रवार विशेष कार्यक्रम गरी सम्मान गरेकोे हो । पौडेललाई ओमानका लागी नेपाली विशेष दुत रेजिना ताम्राकारले सम्मान गर्नुभएको हो । वैदेशिक रोजगारका शिलशिलामा ओमानमा रहेका पौडेलले नेपालमै पहिलोपटक ओमानमै गीत रेकर्ड गर्नुभएको हो । उहाँका स्वर र रचनामा रहेका गीतहरु छिट्टै बजारमा भिडियो सहित सार्वजनिक हुँदैछ ।

कार्यक्रममा प्रमुख अतिथि ताम्राकारले विदेशी भुमिमा रहेर पनि नेपाली गित सङ्गीतको क्षेत्रमा योगदान पु¥याएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले नव कलाकारको संरक्षण र हौसलाका लागी विदेशमा रहेका नेपालीहरुले सहयोग गनुर््पर्ने बताउनुभयो ।

गायक पौडेलले विदेशी भुमिमा पाएको सम्मानले गीत÷संङ्गीतमा लाग्न आफुलाई झन उर्जा मिलेको बताउनुभयो । समाजका अध्यक्ष दिलप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा शुशिल पुन, मिर्मिरे सांस्कृतिक परिवारले सांस्कृतिक प्रस्सति राखेका थिए । त्यस अवसरमा बसन्त नेपालको उपन्यास भुमरिको परिचर्चा गरिएको थियो ।

पोखरा–१९ घार्मीका स्थायी बासिन्दा पौडेल विगत ८ वर्षदेखि रोजगारीको शिलशिलामा ओमानमा रहनुभएको छ । १२ वर्ष अगाडी हलचल एल्वम निकालेका पौडेलले केहि महिना अघि आफ्नो रचना र प्रमोद खरेलको आवाजमा सात समुन्द्र पारी गीत निकालिसक्नु भएको छ । ६ वटा गीत संग्रहित एल्वम अंकित छिट्टै बजारमा आउने जनाईएको छ ।