अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा राजबहादुर गुरुङ सिफारिस

आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेश लुम्ले गाउँ कार्यसमिती कास्कीले अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा राजबहादुर गुरुङलाई सर्वसम्वत रुपमा सिफारिस गरेको छ ।
लुम्ले गाउँ कार्यसमितीका उपसभापति हरिमान गुरुङको अध्यक्षतामा बसेको वैठकले कांग्रेश महाधिवेशन प्रतिनिधि समेत रहेका राजबहादुर गुरुङलाई अन्नपूर्ण गाउँपालिकाको प्रमुखमा सिफारिस गरेको हो । गुरुङ यसअघि नेपाली कांग्रेशको केन्द्रिय प्रचार विभाग सदस्य समेत रहेर काम गरेका थिए ।यसै गरी वैठकले अन्नपूर्ण गाउँपालिका वडा नम्वर ७ को अध्यक्षमा हरिमान गुरुङ र प्रेममान गुरुङ, दलित महिला सदस्यमा संगिता परियार, अन्य सदस्यहरुमा माया गुरुङ, धनबहादुर वि क र कमसर गुरुङको नाम सिफारीस गरि क्षेत्रिय समितिमा पठाउने निर्णय गरेको छ ।
विगत दुई दशकदेखि पत्रकारिताको माध्यमबाट अगाडि बढिरहेका राजबहादुर गुरुङ नेपाल प्रेस युनियन मा ०५१ सालदेखि हाल सम्म निरन्तर महाधिवेशन प्रतिनिधि तथा ट्रेड युनियनमा आवद्द रहि काम गरेका छन् ।सबैसँग सन्तुलन मिलाउन सक्ने मध्यमार्गी विचार बोकेका उनले यस क्षेत्रको विकासका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, विद्युतिकरण, भौतिक पुर्वाधार निर्माणमा उल्लेखनिय योगदान दिंदै आएका छन् ।नेविसंघ, तरुण दलमा आवद्द रहि काम गरिसकेका गुरुङले जनआन्दोलनमा जनअधिकारका लागि पार्टीको प्रचार सचिव रहि काम गरेका थिए ।