अनुपम साङ्गीतिक साँझको सन्दर्भमा एकल नृत्य प्रतियोगिता

अनुपम म्युजिक पोखराले आगामी असार ३ गते गर्ने चौथो अनुपम साङ्गीतिक साँझका सन्दर्भमा शनिबार पोखरामा एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।बालगृह सन्जाल कास्कीको समन्वयमा कास्कीका विभिन्न बालगृहमा आश्रित बालबालिकाहरुका बीचमा पहिलो चरणमा सहभागी ४३ जनाबाट छानिएका २० जनाको प्रतिस्पर्धा गराई फाइनल चरणका लागि उत्कृष्ट १२ जना छानिएका छन् ।

फाइनलमा प्रवेश गर्नेमा कोपिला बालगृहकी शर्मीला श्रेष्ठ, सिर्जना बालगृहकी खुसी पुन, रेन्बो चिल्ड्रेन होमकी आशा थापा मगर, एस. ओ. एस. चिल्ड्रेन भिलेजका मनोज विक, स्टार चिल्ड्रेन होमकी सीमा केसी, सिर्जना बालगृहकी कृषा बुढाथोकी, एस. ओ. एस.चिल्ड्रेन भिलेजकी आरतीमाया गोले, एस. ओ. एस. बहिनीकी अमिषा दाहाल, चाइल्ड वेलफेयर एण्ड एजुकेशनकी रितिसा गुरुङ, शुभअवसर बालग्राम नेपालकी प्रज्ञा तामाङ, स्टार चिल्ड्रेन होमका विकास गुरुङ, नमस्ते सामुदायिक प्रतिष्ठानकी रोशनी राना रहेका छन् ।

उनीहरुको प्रस्तुती असार ३ गते शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा हुने विशेष कार्यव्रmममा प्रदर्शन गरिने अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले जानकारी दिनुभयो । प्रतियोगितामा नृत्य निर्देशकहरु राहुल थापा, प्रीति गुरुङ र राजु गुरुङ निर्णायक रहनुभएको थियो ।
अनुपम म्युजिकका संरक्षक वीरेन्द्र पालिखेको अध्यक्षतामा भएको कार्यव्रmममा प्रमुख अतिथि जनसांस्कृतिक महासङ्घ प्रदेश नं. ४ का इन्चार्ज मनकुमार श्रेष्ठले परिवर्तनको सबैभन्दा सशक्त माध्यम नै सांस्कृति फाँट भएको बताउनुभयो । उहाँले आजका अभिभावकले आफ्ना बच्चाहरुलाई सांस्कृतिक चेतना प्रदान गर्नुपर्नेमा जोड दिँदै भोलिको सांस्कृतिक नेतृत्व गर्ने क्षमता बालगृहमा आश्रित बालबालिकामा आफूले देखेको बताउनुभयो । संस्कृतिलाई व्यावसायीकरण गर्ने व्रmममा पनि आफ्नो मौलिकतालाई भुल्न नहुने श्रेष्ठको भनाइ थियो ।
कार्यव्रmममा गायक रामभक्त जोजिजू, बालगृह सन्जालकी केन्द्रीय उपाध्यक्ष गोमा ढकाल, कास्की उपाध्यक्ष मोहन त्रिपाठी, गीतकार श्याम गुरुङ, हिमाली बाल कल्याण संरक्षण मञ्चका ऋषि ढुङ्गानालगायतले बोल्नुभएको थियो । गायिका रोशनी गुरुङले गायन प्रस्तुत गर्नुभएको कायव्रmमको सञ्चालन प्रबन्ध निर्देशक अनुराग अधिकारीले गर्नुभएको थियो । अनुपम म्युजिकले हरेक वर्ष गर्दै आएको अनुपम साङ्गीतिक साँझको चौथो संस्करणमा दार्जिलिङ, काठमाडौँ र पोखराका कलाकारहरुको साङ्गीतिक प्रस्तुतीसहित नृत्यको प्रस्तुती रहने आयोजकले जनाएको छ ।