अत्याधिक चिसोका कारण मनाङमा जनजिवन थप कष्ठकर स् प्रहरी द्वारा आगो ताप्ने व्यवस्था मिलाईयो

 

देश भरी नै चिसो बढिरहकेबेला मनाङमा पनि तापक्रम घटेर माइनस १६ डिग्री तापक्रम पुगेको छ । उक्त हिमाल पारीको जिल्ला मनाङमा हाल अत्याधिक चिसोको कारण सर्वसाधारण जनताहरुको जनजिवन थप कष्टकर भएकाले जिल्ला प्रहरी कार्यालय मनाङले जिल्ला प्रशासन कार्यालय मनाङसंग समन्वय गरी सर्वसाधारणलाई चिसोबाट बच्न जिल्लाका विभिन्न स्थानमा आगो ताप्ने ब्यवस्था मिलाएको छ ।

खासगरी जनताको जिउधनको सुरक्षाको लागि अहोरात्र खटिने नेपाल प्रहरीले अत्याधिक चिसोवाट कष्ठकर जिवन विताईरहेका मनासङबासीहरुका लागि आगो ताप्ने व्यवस्था समेत मिलाएको हो ।

त्यस्तै मनाङ स्थित कार्यरत प्रहरी कर्मचारीहरुको लागि पनि हिमाली ज्याकेट, उनी अण्डर ट्राउजरहरु अनिवार्य रुपमा लगाउने व्यवस्था मिलाईएको छ । खास गरी जाडो बढेसंगै मनाङ जिल्लाको ६५२७ कुल जनसंख्या मध्य हाल सम्म अंन्दाजी ४००० जना जाडो छल्न बहिरी जिल्लाहरुमा गएको र निजि तथा सरकारी विद्यालयहरु अत्याधिक जाडोको कारण बन्द रहेको छन् ।

जिल्लाको प्रतिकुल तापक्रमलाई मध्यनजर गरी चामे गाउपालिका अगाडीको खाली स्थान, नेस्याङ ४ हुम्दे बजार, नेस्याङ ६ मनाङ बजार, नाशोङ गाउपलिका भवन आगडी, चामे ३ कोतो बजार, ताल बजार लगयातका स्थानमा मनाङ प्रहरीले साझ ०४ बजे देखी नै आम सर्वसाधरणहरुको लागि आगो ताप्ने व्यवस्था मिलाएको मनाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक स्याम कृष्ण अधिकारीले बताउनु भएको छ ।