अक्षर–यात्राको १५० औं श्रृँखला हुँडिकोटमा

पोखरा । ‘जीवन र जगतको यथार्थवोधको लागि अक्षर–यात्रा’ नाराका साथ प्रत्येक महिनाको तेस्रो शनिबार गजल सन्ध्या र नवनीत साहित्य सागरद्वारा संचालन हुँदै आएको साहित्यिक कार्यक्रम ‘अक्षर–यात्रा’ को १५० औं श्रृँखला भरतपोखरी विकाश मन्चको स्थानीय व्यवस्थापनमा आज पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३३ भरतपोखरीको पर्यटकीय आकर्षक स्थल हुँडिकोटमा सम्पन्न भयो ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रसिद्ध लोक गायिका तथा साहित्यकार प्राज्ञ हरीदेवी कोइराला, अक्षरयात्राका परिकल्पनाकारहरु प्रकट पगेनी शिब र दीपक समीप उपस्थित थिए ।
तत्स्थानमा रचना गरिएका कविता, गजल, मुक्तक र गीत प्रस्तुत गर्ने श्रष्ठाहरु प्राज्ञ हरीदेवी कोइराला, प्रकट पगेनी शिब, दीपक समीप,लक्ष्मण थापा, कपिल शर्मा,जीआर पराजुली,बिर्सना बस्नेत,सौगात पोखरेल, पिताम्वर गौतम ‘प्रकट’ सरु लामिछाने, मिर्मिसा पराजुली, बरेली काँइला, गीता पहारी, बालिका अभिलाषी, बिशाल थापा, संगीत लामिछाने, संदीप ढकाल, वसन्त खनाल, निरन्जन अधिकारी, कपिल ज्ञवाली, जीवन पौडेल, विजया भण्डारी र वसन्त विनोद थिए ।
प्रमुख अतिथि शिबप्रसाद आचार्य र भरतपोखरी बिकाश मन्चका अध्यक्ष डिल्लीराम बरालले मन्तव्य राखेका थिए । नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा र भरतपोखरी विकाश मन्चका अध्यक्ष डिल्लीराम बरालको संयुक्त सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन गजल–सन्ध्याका सचिव वसन्त विनोदले गरेका थिए ।