प्रहरीको दशैं गीत ”बिदा पाउदिन”

नेपाल प्रहरीमा कार्यरत सुर्य प्रकाश बिसी गीत संगीतमा पनि रुची राख्छन् । उनै सुर्यप्रकाशको गीत ”बिदा पाउदिन” बजारमा आएको छ ।

पूर्णकला बिसी र इश्वर सिंह को आवाजमा रहेको यस गीत को लय शब्द र अभिनय उनकै रहेको छ ।

अहिले देशमा कोरोना कहर छ अनि दशैँ नजिक आइरहेको छ यो बेलामा सामान्य नागरिकलाई पनि गाउँमा जान दुबिधा छ । नेपाल प्रहरी जो दिन रात देश र जनताको सेवामा खटिरहेका हुन्छन् उनीहरुलाई त झनै मुस्किल छ । अग्रपंतीमा सुरक्षा दिएर खटिएका ती नेपाल प्रहरी कर्मचारीहरुको यथार्थ कहानीमा आधारित यो गीतको म्यूजिक भिडियो समेत बनेको छ ।

डिजिटल स्टार प्रालि को प्रस्तुती सुर्य प्रकाश बिसिको लय शब्द मा तयार भएको यस गीतले सबै प्रहरीहरुको कहानीको बताएको छ ।

सबैको साथ र हौसला पाएका सुर्य प्रकाशले आउने दिनमा पनि देश र जनता को सुरक्षा गर्दै गीत संगीतलाई सँगै लैजाने सुनाउँछन् । गणेश सापकोटाको छायांकन ,सुबाश अमगाईको सम्पादन मा रहेको यस गीतको एरेन्ज तथा निर्देशन तारानाथ आचार्यले गरेका हुन् ।

सरिता दनाकुटी र सुर्य प्रकाशको मुख्य अभिनय रकेहो गीतमा जीवन, भुवन, निराजन र शेरले साथ दिएका छन् ।

तारापतिले ल्याए ‘हामी वीर गोर्खाली कातर हैनौं’ गीत

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालका निवर्तमान केन्द्रिय सदस्य तथा गायक तारापती सुवेदीले हामी बिर गोर्खाली कातर छैनौ वोलको गीत सार्वजनिक गरेका छन् ।

राष्ट्रिय भावनाले ओतप्रोत गीतमा गायक तारापती सुवेदीको लय स्वर, केशरी अधिकारी सुवेदीको शब्द र दिवश थापामगरको संगीत रहेको गीत समसामयीक र यथार्थपरक छ । दिपक अधिकारीको निर्देशन र सम्पादन रहेको गीत तारा जीवन म्युजिक क्रियशन मार्फत बजारमा ल्याइएको हो ।

गीतमा विश्व अहिले कोरोनाको कहरबाट गुज्रिरहेको मौका छोपी छिमेकीले नेपालको अस्मिता माथी धावा बोलीरहेको अवस्थामा सबै नेपाली दाजु भाई दिदि बहिनीहरुलाई एक जुट भइ सिमा रक्षाका लागी भक्ति थापाको तरबार लिएर उत्रन अनुरोध गरेको छ ।

भिडियो सहित…

लघु चलचित्र ‘बसाईंमा’ विस्थापनको पीडा (फिल्म सहित)

कोरोना भाईरस सँक्रमण रोक्न गरिएको लकडाउनको मारमा परेका मजदुरको पीडामा आधारित लघ चलचित्र ‘बसाईं’ सार्वजनिक भएको छ । यस अघिको लघु चलचित्र ‘राहत’ को सिक्वेलको रुपमा यो फिल्म आज साँझ युट्युबबाट रिलिज गरिएको हो ।

नेत्र ईण्टरटेण्मेण्टको व्यानरमा निर्माण गरिएको लघु चलचित्र नेत्र ईण्टरटेण्मेण्ट नामक युट्युब च्यानमा हेर्न सकिन्छ ।

चलचित्रलाई नेत्र गुरुङ्ले निर्देशन गरेका हुन् । विभु भुसाल, रेम रसाईली, अनिशा श्रेष्ठ, गिता पराजुली, अस्मिता पराजुली, विजयराज अधिकारी, मिलन अधिकारी लगायतले अभिनय गरेको बसाईंमा भरत छन्त्यालले कथा लेख्नुको साथै सह निर्देशन पनि गरेका छन् ।

चलचित्रलाई प्रकाश गुरुङ् ‘काश’ ले खिचेका हुन् । फिल्मको सम्पादक पनि स्वयम नेत्र नै हुन् । यस अघि सार्वजनिक गरिएको लघु चलचित्र राहत छोटो भएको गुनासो दर्शकबाट आएपछि यो चलचित्र निर्माण गर्न हौसला मिलेको निर्देशक नेत्रले बताए ।

वुमेन्स बिकिनी च्याम्पियनसिपको उपाधि सुजितालाई

पोखरामा भएको पहिलो संस्करणको वुमेन्स बिकिनी एण्ड फिजिक च्याम्पियनसिप–२०१९ अन्र्तगत फिजिक च्याम्पियनसिपको उपाधि सुजिता मानन्धरले जितेकी छन् ।

४ प्रतिष्पधीलाई पराजित गर्दै उपाधि जितेकी मानन्धरले मेडल, ट्रफी, प्रमाणपत्र सहित दुई लाख रुपैंयाँ पुरस्कार पाइन् । काठमाण्डौं केज टोटल फिटनेककी रोजी लामा फस्ट रनर अप भइन् । लामाले ट्रफी, प्रमाणपत्र सहित नगद १ लाख ५ हजार रुपैंयाँ पुरस्कार हात पारिन् ।

सेकेन्ड रनर फिटनेस स्टपकी सनम मुलगुठी भइन् । लउनले मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद ८० हजार रुपैंयाँ जितिन् । प्रतियोगितामा थड रनरअप पावर जिम पोखराकी कमला थापा र फोर्थ रनर अप वेभ फिजिकल फिट्नेस भक्तपुरकी जस्मिन लामा भइन् ।

पोखरा सभागृह हलमा भएको अन्तिम प्रतिष्पर्धा अन्र्तगत विकिनि च्याम्पियनसिपतर्फ रुपा केसीले बाजी मारिन् । केसीले मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद ८० हजार रुपैंयाँ पुरस्कार जितिन् । फस्ट रनरअप सपना गुरुङ भइन् । उनले मेडल, ट्रफी, प्रमाणपत्र सहित ६० हजार रुपैंयाँ पुरस्कार पाइन् । सेकेन्ड रनर अप बनेकी याङदोङ लामालाई मेडल, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार पुरस्कार दिइयो ।

यो विधामा थर्ड रनर अप अञ्जली थापा र फोर्थ रनर अप श्रुती कार्की भए । बिकिनी तर्फ ५ र फिजिक तर्फ ५ जनाबिच उपाधिका लागि प्रतिष्पर्धा भएको थियो । प्रतियोगिताको मुख्य निर्णायक गोबिन्द्र चित्रकार र सहायक निर्णायक निर्मला महर्जन, नारायण प्रधान, नानीकाजी डंगोल, शिब ध्वज राई, केशव शाक्य र उत्तम उदास थिए ।

प्रतियोगितमा सेप अप जुम्बा फिटनेसको तर्फबाट जुम्बा नृत्य र आई.एफ.बी.बी प्रोकार्ड बिजेता विनिता राईको प्रस्तुती रहेको थियो । प्रतियोगिता हरेक दुई– दुइ वर्षमा सञ्चालन गरिने गोर्खाज क्लासिकका अध्यक्ष कुमार गुरुङले जानकारी दिए ।

”ट्याङ्चलाक” फिल्मको फस्ट लुक सार्वजनिक

शैक्षिक र सामाजिक मुद्दालाई केन्द्रित गरि बनाइएको छोटो फिल्म ‘ट्याङचलाक’ (उज्यालो उन्मुख) को फस्ट लुक सार्वजनिक भएको छ ।

मगर भाषा र विषय वस्तुमा निर्माण गरिएको फिल्म ट्याङ्चलाकको कौरा गीत, पोस्टर, फिल्मको प्रचार सामाग्री काठमाडौंमा सार्वजनिक गरिएको हो ।

पहिलो मगर र गुरुङ फिल्मका निर्देशक युवराज मास्की, पहिलो मगर फिल्मका नायक तथा ट्याङ्चलाक फिल्मका कलाकार राज थापामगर, ट्याङ्चलाक फिल्मका कलाकार तिला (प्रभा) मगरको उपस्थितिमा फस्ट लुक देखाइएको थियो ।

फिल्मबारे पत्रकारहरुले राखेको जिज्ञासाको जवाफ कथा, लेखक तथा निर्देशक मेजन पुनले दिएका थिए । फिल्म तनहुँको अलैचे, मानुङकोट र दमौलीमा छायाङ्कन गरिएको छ । अधिकांस मगर भाषामा छायाँकन गरिएको यो फिल्म फिमला ईन्टरटेन्टमेन्ट पोखराको ब्यानरमा निर्माण गरिएको छ ।

जसमा सुजन थापामगर, सनम आलेमगर, राज थापामगर, तिला मगर, सुमन मगर, शिला राना, बसन थापा मगर, गीता रखाली मगर, रचना थापा मगर, शिल्पा थापा मगर, मञ्जु मगर, समीर थापामगर, मनिराज थापामगर, भरत पुन, बोम पुन, सिरीमाया थापामगर, रोहन तन्डुकार, टिका गिरी, कमल गिरी, किशोर खनाल, हममाया पुन आदिले अभिनय गरेका छन् ।

थुप्रै फिल्म बनाइसकेका मेजन पुनले निर्देशक गरेको ‘ट्याङचलाक’ को छायाङ्कन १० दिनमा सकिएको हो । करिब १ घण्टाको फिल्ममा समाजेश कौरा गीतको संगीत र गायन पदम थापा मगरले गरेका छन् भने उनलाई गायनमा गगन पुन र पवन रानामगरले साथ दिएका छन् । फिल्मको छायाँकन प्रविनजंग खडकाले गरेका हुन् । करिब १२ लाखको लगानीमा फिल्मको सम्पूर्ण काम सकिएको निर्देशक मेजन पुनले जानकारी दिए ।

तारानाथको गीत ‘माहुरी घारै’मा (भिडियोसहित)

पोखरामा बसेर पनि नेपाली गीत संगीतमा सक्रिय संगीत संयोजक तथा गायक तारानाथ आचार्यको मर्म स्पर्शी गीत ‘माहुरी घारै’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

डिजिटल स्टार रेकर्डिङ स्टुडियो प्रालिको युटुब च्यानल डिजिटल स्टारबाट सार्वजनिक भएको भिडिषे छोटो समयमै दर्शको रोजाईमा परेको छ ।

लोकप्रिय गायिका शर्मिला गुरुङ र तारानाथ आचार्यको स्वरमा रहेको गीतका शब्द प्रविण खत्रीले लेखका हुन् । तारानाथ आचार्यकै लय सिर्जना रहेको गीतको भिडियोमा महेन्द्र गौतम र सारिका केसीले अभिनय गरेका छन् ।

बिमल छिनालले रेकर्ड गरेको गीतको म्यूजिक भिडियो निर्देशन सरिता तिमिल्सीनाले गरेकी छिन् । प्रकाश धमालले सम्पादन गरेको गीतको भिडियोमा सन्तोष महराले ड्रोन क्यामरा चलाएका छन् ।

सर्जक ‘टिएनसी’ले गरे म्यूजिक भिडियो निर्देशन (भिडियोसहित)

गीत लेखन, संगीत सृजना र अभिनयमा सक्रिय टेक नारायण चापागाई ‘टिएनसी’ले निर्देशनमा हात हालेका छन् ।

गायिका पुर्णिमा लामाको आवाजमा मार्मिक नयाँ गीत ‘‘सयौ जुनि’’ को म्यूजिक भिडियो निर्देशन गरी टिएनसीले निर्देशनमा हात हालेका हुन् । म्यूजिक भिडियो थ्रीस्टार मिडियाको युटुब च्यानलबाट हालै सार्वजनिक भएको छ ।

रेशम रचकको शब्द र टेक नारायण चापागाईको संगीत सिर्जनमा रहेको गीतको भिडियोलाई माया प्रेमलाई विषय वस्तु बनाई तयार पारिएको छ ।

दिपक गिरीले छायांकन गरेको उक्त भिडियोमा कमल अर्यालले र मेलिना सुबेदिले उत्कृष्ट अभिनय गरेका छन् । अमृत चापागाईको सम्पादन रहेको भिडियोको गीतलाई हेमन्त शिशिरले एरेञ्ज गरेका हुन् ।

आयो मेजनको नयाँ फिल्म ‘ट्याङचलाक’

शैक्षिक र सामाजिक मुद्दालाई केन्द्रित गरि बनाइएको छोटो फिल्म ‘ट्याङचलाक’ को छायाङ्कन सकिएको छ ।

तनहुँका मानुङ, दमौली, अलैंचो, मानुङकोटका विभिन्न ठाउँमा फिल्म छायाङ्कन गरिएको छ । थुप्रै फिल्म बनाइसकेका मेजन पुनले निर्देशक गरेको ‘ट्याङचलाक’ छायाङ्कन १० दिनमा सकिएको हो ।

फिल्ममा राज थापा, सोनम आले तिला मगर, शिला खनाल सुमन थापा लगायत कलाकारको अभिनय रहेको छ । करिब १ घण्टाको फिल्मलाई प्रविण खड्काले खिचेका हुन् ।

मेजन पुनको लेखन, निर्देशन रहेको फिल्ममा कथा पटकथा पनि उनकै रहेको छ । करिब १२ लाखको लगानीमा फिल्मको सम्पूर्ण काम सकिने निर्देशक मेजन पुनले जानकारी दिए । फिल्मको अहिले पोष्टप्रोडक्सनको काम भइरहेको छ ।

शिव शर्मा चञ्चलको परदेशी रुवाउने गीत आयो युट्युबमा

विदाईको दिनआसुले आखाभिजेको पाएथे
वर्षो पहिले आमालाई छाडी परदेश आएथे
परदेशीहु“दाआमाको आसु, पुछ्न नि पाइएन
आमाले धरती छाडेर गइन, मुख देख्नै पाइएन

परदेशीहरुको यस्तो मार्मिक पीडा बोकेको गीत आजदेखी युट्युबाट सार्वजनिक भएको छ । गीतकार तथा पत्रकार शिवशर्मा चञ्चलको रचना रहेको गीतम्युजिक नेपालको युट्युब…..च्यानलबाट सार्वजनिकभएको छ ।

साता अघि यो गीत गीतकार शर्माले आफनी दिवंगत आमा जमुनाकुमारी भट्टराईको वार्षिक पुण्य तिथिमा अमेरिकाको टेक्ससमा एक कार्यक्रम आयोजना सहभागीहरुलाई देखाएर सार्वजनिक गरेका थिए । तर युट्युबमा नआएको यो गीत अहिले भने औपचारिक रुपमा सर्बेले हेर्न मिल्ने गरी युट्युबमा आएको छ ।
परदेशमा रहदा घरपरिवारका सदस्य गुमाउदाको पीडा देखि स्वदेशको मायालाई समेत गीतमा वास्तविक ढंगले उतारिएको छ ।

गोविन्दमधुर आचार्यले स्वर दिएको गीतमा उनलाई महिला आवाजमा गायिका वसन्ता प्रकृतिले साथ दिएकी छिन् । गीतको संगीत संयोजन र एरेन्ज स्वयं गायक आचार्यले गरेका हुन । गीतलाई युएस खबर डटकमका संचालक किसन रेग्मीले निर्माणमा सहयोग गरेका हुन । गीतको म्युजिक भिडियो शिव पुरीले निर्देशनतथा सम्पादन गरेका हुन ।

रामेश्वर कार्कीको छायाङकन रहेको गीतमा आमाको भुमिकामा रंगमञ्चीय कलाकार अन्जु देउजा, राजाकुमार घोष, रेगन क्ष्ँेत्री र हरि दवाडीले अभिनय गरेका छन् । वरिष्ठ चलचित्र निर्देशक नारायण पुरीको अवधारणाअनुरुप नै गीतको भीडियो निर्माण भएको हो ।

एउटा परदेशीको छोरो र गाउमा एक्लै बसेकी आमाको कथा बोकेको गीतले समग्र विदेशमा बसिरहेका परदेशीहरुले घरपरिवारबाट टाढा हुदा भोग्नु परेका समस्याहरुलाई गीतकारले गीतमा पोखेका छन् ।

‘लुट्न सके लुट’ बोलको गितले हल्लियो सिंहदरबार

सरकार, नेता र कर्मचारीहरूलाई ब्यंग्य गरेर चर्चित गायक पशुपति शर्माले लोकलयमा गाएको ‘लुट्न सके लुट कान्छा’ बोलको लोकप्रिय लोकगीत सरकारपक्षीय कार्यकर्ताको तिब्र आक्रोश र दबाबपछि युट्युबबाट हटाइएको छ ।

गीत भाइरल भएपछि नेकपा सम्बद्द कार्यकर्ताहरूले सामाजिक संजालमा पशुपति शर्मा बहिस्कार अभियान चलाएका थिए भने युवासंघ नेपाल नामको फेसबुक पेजबाट उनीबिरुद्ध धम्की दिएर बक्तब्य निकालिएको थियो ।

कार्यकर्ताहरूको आक्रोशबाट आत्तिएका गायक शर्माले शनिबार साँझ गीतमा प्रयोग भएका केही शब्दमा विवाद भएको भन्दै युट्युव पेजबाट गीत हटाएका हुन् । शुक्रबार रिजिल भएको उक्त गीतमा प्रयोग भएका केही शब्दमा विवाद सिर्जना गरेकाले आफूले अहिले अपलोड भएको गीत हटाएर परिमार्जन गर्ने उनले बताएका छन् ।

शनिबार साँझ उनले गीत युट्युवबाट हटाएर फेसबुकमा लामो स्टाटस लेखेर आफ्नो उद्देश्य देशमा सुशासन कायम होस् भन्नेमात्र रहेको र कुनै राजनीतिक आग्रह र पूर्वाग्रह राखेर गीत नबनाएको स्पष्ट पारेका छन् ।

‘मेरो गीतले बिसंगतिलाई ब्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्येय थियो । मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासंग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु’ शर्माले भनेका छन् ।

उनको गीतमा ठूला नेताले भ्रष्टाचार गरे पनि कार्यकर्ता बोल्न नसकेको, वाइड बडी खरिदमा भएको भ्रष्टाचार, सुनकाण्ड लगायतका विषयमा पनि उनले सरकारलाई ब्यंग्य गरेका छन् ।

पशुपतिले सो गीत आफ्नो युट्युव अकाउन्टबाट हटाए पनि गीतका फ्यानहरूले बिभिन्न युट्युब पेजमा यो गीत अपलोड गरेर सेयर गरिरहेका छन् भने फेसबुक र ट्वीटरमा समेत यो गीत पुनः अपलोड र सेयर गर्ने अभियान नै चलाइएको छ ।

के छ शर्माको गीतमा ?हेर्नुस् भिडियो  https://youtu.be/JeWD-gYiAb4

पढ्नुहोस् पशुपति शर्माको स्टाटस जस्ताको तस्तै
आदरणीय श्रोता एवं दर्शकवृन्द साथै मेरा प्यारा शुभचिन्तकज्यूहरुमा सादर नमस्कार ! हिजो रिलिज भएको मेरो “लुट्न सके लुट कान्छा” भन्ने गीतमा यहाँ हरुले देखाउनु भएको सहभागिताको लागि हार्दिक आभार ब्यक्त गर्न चाहन्छु । तर सोही गीतमा प्रयोग भएका केही शब्दहरुलाई लिएर विरोध सिर्जना गर्न खोजिएकाले म आफ्नो कुरा यहाँहरु समक्ष राख्न गइरहेको छु ।

सर्वप्रथम त म यहाँहरुलाई जानकारी गराउन चाहन्छु कि म राजनीतिलाई त्यति गहिराइबाट बुझ्दिन । तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगति ब्याप्त हुनु हुदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले बिसंगतिलाई ब्यंग्य गरोस् भन्ने मेरो एकमात्र ध्यय थियो ।

मैले कुनै राजनैतिक आग्रह या पूर्वाग्रह पालेर त्यो गीत बनाएको पनि हैन र कुनै राजनैतिक दल या संस्थासंग मेरो कुनै किसिमको पूर्वाग्रह पनि छैन । तर गीतमा समावेश केही शब्दहरुमा मेरा केही शुभचिन्तकहरुको असन्तुष्टि रहन गएकोले जुन जुन शब्दमा असन्तुष्टि देखियो म ती शब्दहरुलाई परिमार्जन गर्न गइरहेको छु । केही समय लाग्ला जुन शब्दमा असन्तुष्टि देखियो ती शब्दहरुलाई फेर्नु मेरो पनि दायित्व हो भन्ने सम्झिएको छु ।

सुझाव दिनुहुने राजनैतिक ब्यक्तित्वहरु, मेरा अग्रज एवं समकालीन साथीहरुलाई म धन्यवाद दिन चाहन्छु साथै कुनै शब्दले कुनै संस्था विशेष या कुनै दल अथवा समुदाय विशेषलाई अफ्ट्यारो पारेको खण्डमा म अन्तर हृदयदेखि माफी चाहन्छु । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतिमाथि प्रहार गर्नु र विकृतिको उजागर गर्नु मात्र थियो यसमा म पुनः प्रष्ट पार्न चाहन्छु ।

अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जनसहित पुनः लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट मैले हटाउने निर्णय गरेको छु । र अन्त्यमा म पनि यही देशको एक सचेत नागरिक साथै कलाकार भएको नाताले देशमा बिद्यमान भ्रष्टाचार, घुसखोरी र जिम्मेवारहरुको अकर्मण्यताबिरुद्द आवाज उठाउन पाउने मेरो नैसर्गिक अधिकार हो भन्ने कुरामा म दृढ रहेको कुरा पनि दोर्होयाउन चाहन्छु । धन्यवाद । पशुपति शर्मा