शिशु विकास तथा स्याहार केन्द्र अनिल थापाको अध्यक्षतामा नौ सदस्य
शिशु विकास तथा स्याहार केन्द्र पोखरा ६ बैदामको को १२ बार्षिक साधारण सभा तथा ९ अधिबेशनले अनिल थापाको अध्यक्षतामा नौ सदस्य सञ्चालक समिति सर्वसम्मतरुपमा चयन भएका छन । सो केन्द्रको उपाध्यक्ष विष्णु के.सी, सचिब धुव्रनाथ उपाध्य, सहसचिब मिना ढकाल, कोषाअध्यक्ष ललिता ढुङगाना, सहकोषाअध्यक्षमा रामेश्वर न्यौपाने र सदस्यहरु सन्तुमाया श्रेष्ट, इन्दिरा गैरे र संगिता बराल रहेका छन ।
अधिबेशनको विहिबार पोखरा उद्योग बाणिज्य संघकाका अध्यक्ष दामु अधिकारीले उद्घाटन गर्दैे अभिभाबक गुमाए र आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुको शिक्षामा उद्योग बाणिज्य संघले महत्वपूर्ण सहयोग गरेको बताएका छन । महानगर पालिकाले रेखदेखमा कुनै चासो नलिएको बालबच्चाहरुको उज्जल भविष्यका लागि हामीले महानगर पालिकालाई धेरै गुनासो गरौ तर पनि हामीहरुको कुरालाई कुनै वास्तानै नगरेको गुनासो गर्दै संघले नै बालबच्चाको रेखदेख गर्ने गैर सहकारी संस्था सग मिलेर त्यस्ता बालबच्चाको शिक्षा, स्वास्थ्थ र रोजगारी सम्मको ब्यवस्था गरेको बताएका छन । सघको को मातहत ११ वटा सम्म शिशुस्याहार सहित बालबालिको सहयोगी सेक्टर चलाएको उनले भने । आजका बालबबच्चा भोली कर्णधार हुन भन्ने अवधारण अनुसार यस्ता शिशु स्याहार केन्द्र सघ मिलेर आफु पनि काम गर्ने तयार रहेको बताउदै पोखरा उद्योग बाणिज्य संघ कुनै पनि यस्ता सहयोगी संस्थाहरु सग सहकार्य गरेर अघि बढने दि«ढता बक्त गरेका छन ।
कार्यक्रममा पूर्व अध्यक्ष तथा पर्यटन ब्यबसायी गोबिन्द राज पहारीले भौतिक देखी आर्थिक पूर्वाधार विकासको लागि १ लाख ९ हजार रुपैयाको चेक सस्थाका अध्यक्ष सूर्यनाथ पहारीलाई हस्तारण गरेका छन । चेक हस्तारण गदै पहारीले शिशु स्याहार केन्द्रले आर्थिक अबस्था कमजोर रहेका अभिभावका बालबच्चालाई रेखदेख देखी शिक्षामा सहयोग पुर्याएको भन्दै केन्द्र प्रंशसा गरेका थिए । संस्थाका अध्यक्ष सूर्यनाथ पहारीको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाअध्यक्ष श्रीकृष्ण अधिकारी सचिब ललिता ढुङगाना, सल्लाहकार धर्मराज खडका, साइनिङ स्टार उच्च माविका प्रर्चाय अर्जुन पान्डे, सल्लाहकार विष्णुहरि अधिकारी, नेपाली काग्रेस बैदाम ६का अध्यक्ष बलराम गिरी, अन्नपूर्ण आमा समुहकी अध्यक्ष शान्ति रेग्मी र सामुदायिक सेवा बैदाम केन्द्रकी अध्यक्ष मिना भट्टराई,.लगाएतका बक्ताहरुले केन्द्रले समाज पुरयाएको योगदानको बारेमा चर्चा गरेका थिए । सो अवसरमा केन्द्रलाई सहयोग गनेुहुने मानुभावलाई दोसल्ला सहित सम्मान पत्रले सम्मान गरिएको थियो ।
अध्यक्ष सूर्यनाथ पहाहरीले बार्षिक प्रतिबेदन, कोषाअध्यक्ष अनिल थापा आर्थिक प्रतिबेदन र सचिब विष्णु केसीले प्रस्तुत गरेको प्रगति प्रतिबेदन सभामा सर्वसम्मतरुपमा पारित भएको थियो ।
Leave a Reply