नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा लोम्वा उत्कृष्ट

न्यू  योर्कमा आयोजित पहिलो नेपाली आदिवासी जनजाति चलचित्र महोत्सवमा मगर भाषामा निर्मित नेपाली चलचित्र “लोम्बा (अगुवा) सर्बोत्कृश्ट छनौट, अन्य ६ चलचित्र पुरस्कृत भ्हअगिकष्खभस् द्ध उजयतयकस् न्यू योर्क( न्यू योर्कमा मन्चित” प्रथम नेपाल आदिवासी चलचित्र महोत्सवमा मगर भाषामा निर्मित नेपाली चलचित्र “लोम्बाु (अगुवा) सर्बोत्कृश्ट छनौट भएको छ भने अन्य ६ चलचित्रहरु बिभिन्न बिधामा पुरस्कृत भएको छ ।

“लोम्बाले “बेस्ट फिल्मु को अलावा “बेस्ट डाईरेक्टरु (अनिल बुढा मगर) र “बेस्ट कस्टुमु (भेषभूशा) पुरस्कार जितेको छ । उत्कृष्ट चलचित्रलाई एक लाख नगद, ट्रफी सहित प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कृत अन्य चलचित्रहरुमा बेस्ट म्यूजिक डाईरेक्टर राजकुमार मोक्तान (सेम ताबा म्ही)स बेस्ट एडिटर बालकृष्ण बन्सी (कृषा गौतमी)स बेस्ट सिनेमाटोग्राफी बिक्रम लामा (सेम ताबा म्ही)स बेस्ट स्टोरी पृभिन पुमा (सुम्निमा)स बेस्ट सर्ट फिल्म “पुवालोुस बेस्ट एक्ट्रेस सपना गुरुङ (मैरिमो)स बेस्ट एक्टर रिन्जिन गुरुङ (शेरढाक) र पिपल्स चोईस अवार्ड “सेम ताबा म्हीु ले जितेको छ ।

चलचित्र छ्नौट समितिमा समाज शास्त्री डा। कृष्णबहादुर भट्टचन, भाशाविद अमृत योन्जन(तामाङ, चलचित्र निर्देशक द्वय नविन सुब्बा र छिरिङ रितार शेर्पा तथा आदिवासी चलचित्र महासंघ अध्य्क्ष अमृतबहादुर सुनुवार रहेका थिए । २३ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) द्दारा आयोजित तीन दिने महोत्सव ९अगस्ट २५(२७ तारिख० मा चलचित्र र लघु चलचित्र गरि ११ वटा चलचित्र प्रर्दशन गरिएको थियो ।

उक्त महोत्सवमा गुरुङ भाषाको “मैंरिमो, तामाङ भाषी चलचित्र “सेम ताबा म्हीु, लिम्बु भाषाको “हेलुक्वाु, मगर भाषाको “लोम्बाु, नेवारी चलचित्र “कृषा गौतमीु, राई भाषाको “सुम्निमाु मुस्ताङी चलचित्र “शेरढाकु चलचित्र र लघु चलचित्रहरुमा नेवारको “कल्लीु, थारुको “लाजु, माझीको “बन्ठी”, मुगालको फेके को प्रर्दशन गरिने छ । महोत्सवमा, सन् २०१७ मा आयोजित आदिवासी जनजाति चलचित्र महोत्सवमा पब्लिक चोईस अवार्ड जितेको गुरुङ भाषाको “कर्म क्या” र सन् २०१५ मा उत्कृष्ट आदिवासी राष्ट्रिय पुरुस्कार जितेको राई भाषाको “मतानु “को बिशेष प्रर्दशन गरिएको थियो । ।।।।।।।।।।। चलचित्र महासंघ (फिन्फी) र ईन्डिजिनियस फिल्मस् अकाईभ सह–आयोजक रहेको महोत्सवमा नेपाली महावाणिज्य दूतावास, न्यू योर्क र नेपाल चलचित्र विकास बोर्ड बिशेष सहयोगी संस्था रहेको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *