गायक सङ्गगीतकार सञ्चार उद्यमी एवम् साहित्यकार श्री देशभत्त सिंह कुँवर द्वारा डेढ घण्टामा धारावाहिक रुपमा लेखिएको मुत्तक सङ्गह सेतो संसार को शनिबार एक कार्यक्रम गरी लोर्कापन गरिएको छ ।
उक्त कार्यक्रमका प्रमुख अतिथि छन्द बचाउ अभियानका संयोजक, वरिष्ठ साहित्यकार माधव वियोगीले साहित्य आफैमा अनौठो सृजना भएको बताउदै साहित्य जगतमा डेढ घण्टा मा लेखिएको सेतो संसार मुक्तकको इतिहासमा ऐतिहासिक भएको उल्लेख गरे । त्यस्तै सेतो संसार नेपाली मुक्तक इतिहाममा नयाँ सफल प्रयोग र पाठकको मन जित्न सक्ने पुस्तमक भएको समिक्षक युवा साहित्यकार रामजी प्रसाद आचार्यले बताएका थिए । त्यस्तै दुर्गा बहादुर शाहा “बाबा”ले सेतो संसार पुस्तक भित्रका सृजनाहरु उत्कृष्ट भएको बताउदै नेपाली मुक्तकमा इतिहास राखेकोमा अन्तराष्टिय साहित्य समाजबाट शुभकामना राखे ।
डेढ घण्टा मा लेखिएको उत्त मुत्तक मा आफ्नो अभिभावक पिता वरिष्ठ शिक्षासेवी, साहित्यकार, समाजसेवी श्री क्षेत्र बहादुर कुँवर र माता समाजसेवी श्री रामदेबि कुँवर को सफताको शुभकामना सहित सहयोगले आफ्नो लेखनलाई उर्जा थपेको बताउदै सो कार्यक्रमका सभापति तथा संस्टा श्री देशभत्त सिंह कुँवरल आफ्नो कृति मा सहयोग गर्नहुने सबै लाई धन्यवाद ब्यत्त गरेका थिए । पोखरा वाङमय प्रतिष्ठान कास्कीको आयोजना गरेको कार्यक्रममा स्बागत मन्तय अम्बिका राणाले गरेकी थिईन भने स्रटा परिचय सुमन श्रपित र कार्यक्रम संञ्चालन तिर्सना लक्ष्मी गुरुङले गरेकी थिईन् ।
Leave a Reply