१८ औं पोखरा सडक महोत्सव बुधबारदेखि

पोखरा १३ पुस ।

१८ औं पोखरा सडक महोत्सब आजदेखि सुरु हुदैछ । महोत्सबको शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले उद्घाटन गर्ने कार्यक्रम छ ।

महोत्सब अघि पोखराको हल्लनचोकबाट सास्कृतिक झाकी सहितको र्याली निस्कनेछ । र्याली लेकसाइड हुदै कोमागाने पार्कमा पुगेर सभामा परिणत हुनेछ । महोत्सबको लागि लेकसाइडलाई झकिझकाउ पारिएको छ । सडक किनारका रुखमा राखिएको झिलिमिली बत्तीलेstreet

 

आकर्षण थपेको छ भने सडकमा राखिएका तुल ब्यानरले लेकसाइडलाई सिंगारिएको छ ।पोखरालाई अंग्रेजी नयाँ बर्षको गन्तब्य स्थल बनाउने उद्देश्यले रेष्टुरेन्ट एण्ड वार एसोसिएसन रेवान पोखराले विगत १७ बर्षदेखि सडक महोत्सब गर्दै आएको छ । आजदेखि सुरु हुने महोत्सब पुस १७ गतेसम्म चल्नेछ ।

प्रत्येक बर्ष एकै समय र एकै स्थानमा महोत्सब गरिदै आएको महोत्सब यो बर्षपनि लेकसाइडको साढे तीन किलोमिटर क्षेत्रमा हुदैछ । ‘सडकमै खाऔ, सडकमै नाँचौ, सडकमै रमाऔ भन्ने नाराका साथ पुहुने महोत्सबमा एकै साझ लाखौ मानिसहरु लेकसाइडमा ओर्लिन्छन् । नयाँ बर्ष मनाउन पोखरा पुग्ने पर्यटकको भिडले होटल तथा रेष्टुरेन्ट भरिभराउ हुन्छन् ।

महोत्सबले पोखरामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ठूलो भूमिका निर्वाह गरेको आयोजकको दावि छ । नयाँ बर्ष मनाउनकै लागि अन्यत्र जाने स्वदेशी तथा विदेशी पर्यटकलाई पोखरामै रमाउने बाताबरण महोत्सबले मिलाएको संयोजक गोपी बहादुर भट्टराईले बताए ।

महोत्सबको अबसरमा पोखरा पुग्ने पर्यटकलाई रेष्टुरेन्ट तथा होटलको नियमित मेनुमा १५ देखि २० प्रतिशत सम्म छुटको ब्यवस्था छ । महोत्सबको अन्तिम दिन नयाँ बर्षको स्वागतार्थ राती २ बजेसम्म विशेष कार्यक्रम हुने आयोजकले जनाएको छ ।

महोत्सबको मुख्य प्रायोजन हिमालयन डिस्टिलरी प्रालि र गोर्खा ब्रुअरी प्रालिले गरेको छ । सह प्रायोजन वोटलर्स नेपाल (तराई) लिमिटेडले गरेको छ भने प्रबद्र्धन नेपाल पर्यटन वोर्डले गरेको छ ।