१८ औं पोखरा सडक महोत्सवको संयोजकमा गोपीबहादुर भट्टराई

Today Pokhara
0Shares

छबि मगर
कार्तिक ,पोखरा

रेष्टुरेण्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेवान) पोखराले अंग्रेजी नयाँ वgopiर्षका अवसरमा हरेक वर्ष आयोजना गर्दै आएको पोखरा सडक महोत्सवको १८ औं संस्करणका लागि गोपीबहादुर भट्टराईलाई संयोजकमा चयन गरेको छ । रेवान पोखराको शुक्रबार बसेको बैठकले रेवान पोखराका निवर्तमान अध्यक्ष समेत रहेका भट्टराईलाई संयोजकमा चयन गरेको हो । भट्टराई स्पोर्ट बार र प्याराडाइज रेष्टुरेण्टका संचालक हुन् ।

त्यसैगरि समितिका उपाध्यक्षद्वय भिमसेन भुजेल र लक्ष्मण बराललाई सह–संयोजकमा चयन गरिएको छ । भुजेल क्विन फरेष्ट रेष्ट्रो एण्ड बारका सञ्चालक हुन बरालले वि ह्याप्पी रेष्टुरेण्ट सञ्चालन गरेका छन् । बैठकले आल्मोण्ड क्याफेका सञ्चालक लोक गुरुङ्ग र द हार्वर रेष्टुरेष्ट एण्ड फाउण्टेन क्याफेका सञ्चालक राजेन्द्र ढकाललाई कार्यसमितिको सदस्यमा मनोनयन गरेको छ ।

wत्यस्तै, मामा मिया रेष्टुरेण्टका प्रतिमा भुजेल र जाविष्टा क्याफेका बिकाश भट्टराईलाई आमन्त्रित सदस्यमा मनोनय ग¥यो । रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्गको अध्यक्षतामा भएको बैठक महासचिव विश्वराज पौडेलले सञ्चालन गरेको थिए ।

आउँदो पुष १३ देखि १७ गते सम्म लेकसाइडको झण्डै साढे तीन किलोमिटर क्षेत्रमा सञ्चालन हुने यसपटकको सडक महोत्सव अघिल्लो संस्करण भन्दा भव्य र सभ्य हुने रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्गले बताए । ‘गतवर्ष भारतको अघोषित नाकाबन्दिका कारण महोत्सव सञ्चालन गर्न हामीलाई केहि कठिन भएको थियो, तर यसपटक केहि सहज पनि होला भन्ने हाम्रो अपेक्षा छ’–उनले भने ।