१५ औं आहा रारा गोल्डकप, आयोजक सहाराले पाहुना टोलीलाई घर फर्कायो

0Shares

छवि मगर –१५ औं आहा रारा गोल्डकपको पहिलो खेलमा आयोजक सहारा क्लब विजयी भएको छ । सहारा क्लब पोखराले सुदुरपश्चिम ११ स्पोर्टिङ क्लबलाई ४–० गोलको फराकीलो अन्तरले हराउँदै पाहुना टोलीलाई घर फर्कायो । सहाराले पहिलो हाफमा ३ र दोस्रो हाफमा १ गोल गर्यो ।
पाचौं मिनेटमा सहाराका लागि विदेशी खेलाडी मार्टिनले पहिलो गोल गरे । दोस्रो गोल खेलको २६ औ मिनेटमा रिचार्ड पुनले गरे । त्यसै गरि तेस्रो गोल ३७ औ मिनेटमा पिटर सेगुनले गरे । मार्टिनले नै दोस्रो हाफको ३६ औ मिनेटमा अर्को गोल गर्दै आफ्नो खातामा दुई गोल बनाए ।
माघ ५ गते भोलीको खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र धरान फुटबल क्लबविच हुनेछ । पश्चिमाञ्चल क्षेत्रकै प्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित १५ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७३ मा तीन विदेशी सहित १२ टिमको सहभागिता हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *