होली एन्जलमा एसईईका विद्यार्थीलाई विदाई

टुडे पोखरा संवाददाता
0Shares

पोखरा लेखनाथ ९ एयरपोर्ट स्थित होली एन्जल बोर्डीङ स्कुलबाट एसईई दिने विद्यार्थीलाई विदाई गरेका छन् । ८ र ९ कक्षाका विद्यार्थीले आगामी अध्ययनको कामना गर्दै स्कुलमा एक कार्यक्रम गरि विदाई गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि युनिप्स नेपालका उपाध्यक्ष विनोद नेपालीले अध्ययनलाई निरन्तरता दिदै राष्ट्रलाई माथी उठाउनु पर्छ भन्दै उज्ज्वल भविश्यको कामना गरेका थिए । कार्यक्रममा कक्षा ८ र ९ का विद्यार्थीले एसईई दिने विद्यार्थीलाई विदाईको साथसाथै मायाको चिनो समेत प्रदान गरेको थियो ।
नृत्य तथा सांगितिक प्रस्तुती समेत राखिएको कार्यक्रममा शिक्षकको तर्फबाट संदिप खनालले मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता विद्यार्थी दिनश पौडेलले गरेका थिएभने स्वागत मन्तव्य ग्रेस नेपालीले गरेकी थिईन् । त्यस्तै कार्यक्रमको संचालन महिमा नेपालीले गरेकी थिईन् ।