हिमाली बाल कल्याण संरक्षण मञ्चको २१ औ बार्षिकोत्सव

Today Pokhara
0Shares

पोखरा,असोज

हिमाली बाल कल्याण संरक्षण मञ्च पोखरा–२६, भकुण्डेको २१ औ बार्षिकोत्सव बालबालिकाहरुको सांस्कृतिक प्रस्तुतीसहित सम्पन्न भएको छ । मञ्चका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कास्कीका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माको प्रमुख आतिथ्य रहेको थियो । कार्यव्रmममा विशेष अतिथि महिला बालबालिका कार्यालय कास्कीकी प्रमुख लक्ष्मी जि.सी., सहायक जिल्ला शिक्षा अधिकारी दामोदर सुबेदी, हिमाली बाल कल्याण संरक्षण मञ्चका फाउण्डर एलेक्सेन्डर स्मिथ, पोखरा उपमहानगरपालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल, बालगृहहरुको महासंघकी केन्द्रिय उपाध्यक्ष गोमा ढकाल, केन्द्रिय बाल कल्याण समितिका बाल अधिकार श्रोत व्यक्ति बद्रिप्रसाद वाग्लेले पनि शुभकामना लेगरेका थिए ।
3यस्तै, बाल गृहहरुको महासंघ कास्कीका सचिव विजय प्रधान, शान्त उ.मा.वि.,भकुण्डेका प्राचार्य विष्णुप्रसाद भट्टराई, जिल्ला बाल गृह सञ्जाल, कास्कीका उपाध्यक्ष मोहनप्रसाद त्रिपाठी, अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक अनुराग अधिकारी, नेपाल हाउस कास्कीका अध्यक्ष शिव थापा, क्रबाआजी समाज घरका उपाध्यक्ष रामसुब्बा गुरुङ, मोनाष्टिक स्कुलका सचिव सोनाम लामा, पि.एन क्याम्पसका प्राध्यापक अशोक शाही, थ्रि एन्जल्स् नेपालकी संस्थापक अध्यक्ष शारदा खत्री, शान्त उ.मा.वि. विद्यालय व्यवस्थापन समितिका नि.वर्तमान अध्यक्ष राजेन्द्र अधिकारी, बालगृह सञ्जाल कास्कीका सचिव दीपक गुरुङ, नेपाल हाउस कास्कीका बसन्त सुबेदी, ब्लु स्काई स्टेशनरीका प्रोपाइटर बैकुण्ठ पौडेल लगायतले मञ्चले खेलेको भूमिकाको प्रशंसा लेगरेका थिए ।
मञ्चका पोखरा शाखाका प्रमुख टंकप्रसाद गुरुङले स्वागत गर्नुभएको कार्यव्रmममा विभिन्न विद्यार्थी र सहयोगीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्था भित्र आश्रीत बालबालीकाहरुले विज्ञान प्रदर्शनी पानीमा डुङ्गा हिडाएर,विरुवाले अक्सिजन दिन्छ भन्ने प्रमाणीत गरेर,व्याटी«बाट बत्ति बालेर, सिसाको वोतलको सानो प्वाल बाट अण्डा छिराएर,पानीको बलबाट बल घुमाएर देखाएका थिए र आफैले बनाएका विभिन्न किसिमका चित्रकला प्रर्दशनी गरेका थिए ।
सांस्कृतिक प्रस्तुति सहित अगाडी बढेको कार्यक्रममा बालबालिकाले मर्म स्पर्सी असहाय÷अनाथ बालबालिकाको पिडा शिर्षकको नाटक प्रस्तुत गरेका थिए । संस्थाका प्रशासकीय प्रमुख कमल जि.सी.ले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका होस्टल प्रमुख ऋषिराम ढुङ्गाना र विद्यार्थी युनिक रावल र पवित्रा वि.क लेगरेका थिए ।