हिमालीका कलाकारहरु नियमित साँस्कृतिक प्रशिक्षणमा

0Shares

हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले साप्ताहिक नियमित साँस्कृतिक प्रशिक्षण तथा व्यक्तित्व विकास कार्यक्रमको चौथो श्रृंखला शनिवार सम्पन्न गरेको छ।

नपाली लोकसँस्कृति बचाऔ नाराका साथ पोखरा ९ पुरानो बसपार्कमा स्थापित हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले लोप हुदै गएको नेपाली मौलिक लोक सँस्कृति संरक्षण, साँस्कृतिक खोज अनुसन्धान र कलाकारहरुको व्यक्तित्व विकासका लागि संचालित चौथो श्रृंखलाको कार्यक्रम सम्पन्न भएको हो।

चौथो श्रृंखला कार्यक्रमको प्रमुख अतिथि हिमाली साँस्कृतिक परिवारका सल्लाहकार तथा कास्की आवाजका सम्पादक हुमबहादुर गुरुङले उद्घाटन गर्नुहुदै लोप हुदै लोक सँस्कृति संरक्षण र खोज अनुसन्धानमा कलाकारहरु आफै जुटेकोका बधाई ज्ञापन गर्नुभयो।नेपाली मौलिक लोक सँस्कृति आदिवासी जनजातिहरुले नै संरक्षण गर्दै आएको बताउनुहुदै उहाँले लोक सँस्कृति नेपाली पहिचान भएकाले संरक्षणका लागि राज्यको पहल हुनुपर्ने बताए।

कार्यक्रममा कलाकार सविना गुरुङले धिमाल जातिको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत कार्यपत्रमा धिमाल जातिको परिचय, पराम्परागत रितिरिवाज, मौलिक सँस्कृति, संस्थागत विकास, पोशाक, खानाका परिकार, बजाउने बाजा, साँस्कृतिक विविध पाटो समावेश गरिएको थियो।

यसरी नै अर्का कलाकार बिराज थापा मगरले पुर्वमा नाचिने साकेला चण्डी नृत्यका बारेमा कार्यपत्र प्रस्तुत गर्नुहुदै साकेला चण्डीको ऐतिहासिकता, महत्व, साकेला चण्डी नृत्यका विविध पक्षमा जानकारी गराएका थिए।

सहभागी कलाकारहरुले कार्यपत्र प्रस्तोता गुरुङ र थापालाई धिमाल जाति र साकेला चण्डी नाचका बारेमा जिज्ञासा राखेका थिए।

कलाकार मनसुवा नेपालको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि गीतकार, गायक कर्णबहादुर गुरुङले शुभकार्यको निरन्तरताको शुभकामना व्यक्त गराएका थिए भने कार्यक्रममा स्वागत सुजन र सञ्चालन नितु गुरुङले गरेकी थिइन।

उक्त नियमित साँस्कृतिक प्रशिक्षण र व्यक्तित्व विकास कार्यक्रमको संयोजन कलाकार सविन गुरुङ र माधव गुरुङले गरिरहनुभएको छ।

कलाकारहरु लोक सँस्कृति संरक्षण र व्यक्तित्व विकासका आफै कार्यक्रम संचालन गरिरहेकोमा खुशी व्यक्त गर्दै हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङले कलाकारहरुका कार्यपत्रलाई साँस्कृतिक संग्रहको रुपमा प्रकाशन गर्ने सोंच रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *