‘हस्पिटालिटि नेपाल कन्टेस्ट’ को ट्यालेन्ट राउण्ड

 

दोस्रो सिजनको ‘हस्पिटालिटि नेपाल कन्टेस्ट’को ‘ट्यालेन्ट राउण्ड’ सकिएको छ । सोमबार पोखरामा भएको ट्यालेन्ट राउण्डमा प्रतिस्पर्धीहरुले आफ्नो प्रतिभा देखाए ।
‘हस्पिटालिटि बेस’ कन्टेस्ट भएकाले अधिकांश प्रतिस्पर्धीहरुले आतिथ्य सत्कार सम्बन्धि नै आफ्ना कलाहरु देखाए । केहि प्रतिस्पर्धीहरुले विभिन्न परिकारहरु समेत बनाएर देखाएका थिए । दोस्रो सिजनको हस्पिटालिटि नेपाल कन्टेस्टमा २७ जना प्रतियोगी भिड्दैछन् ।
ट्यालेन्ट राउण्डमा निलिमा हिराचन श्रेष्ठ, माउन्ट अन्नपूर्ण होटल म्यानेजमेन्ट कलेजका प्राचार्य शैलेन्द्रराज श्रेष्ठ, संजयकुमार भुजेल र कोरियोग्राफर स्रिना खड्गी निर्णायक थिए ।
‘प्रतिस्पर्धीहरुको मेहेनत देखेर हामी निकै प्रफुल्ल छौँ । ट्यालेन्ट राउण्ड हेर्दा हामीले राम्रो सिकाउन सकेका रहेछौँ भन्ने पुष्टी भएको छ’ कन्टेस्टका आयोजक एपी इन्टरटेनमेन्टका प्रतिनीधि रबिन केसीले भने–‘उनीहरुलाई आफ्नो व्यवसायिक जिवनमा अगाडि बढ्नका लागि तयारी पुग्ने थुप्रै खाले प्रशिक्षणहरु हामीले दिएका छौँ ।’
आयोजकले ग्राण्ड फिनालेको मिति समेत सार्वजनिक गरेको छ । उसले दिएको जानकारी अनुसार आगामी फागुन २० गते ‘पोखरा ग्राण्ड’मा कन्टेस्टको फिनाले हुनेछ । त्यो भन्दा अगाडि ग्राण्ड फिनालेको अघिल्लो दिन पाइलट विजय लामाले प्रतियोगीहरुलाई विशेष प्रशिक्षण दिने कार्यक्रम रहेको छ । त्यहि दिन कन्टेस्टको ‘प्रि जजमेन्ट राउण्ड’ पनि हुने आयोजकले बताएको छ ।
हस्पिटालिटि नेपाल कन्टेस्टका प्रतियोगीहरु केहि दिन अगाडि मात्रै होम स्टे कल्चर अध्ययनका लागि कास्कीको ल्वाङ गाउँ पुगेर फर्केका थिए ।

तस्वीर पनि छ ।