स्व. नरहरि देवकोटा स्मृति समाज सेवा सम्मान पुरस्कारबाट बस्नेत सम्मानित

स्व. नरहरि देवकोटा स्मृति समाजसेवा राष्ट्रिय पुरस्कारबाट पोखराका समाजसेवी उदयबहादुर बस्नेत सम्मानित भएका छन् ।
प्रत्येक २–२ वर्षमा प्रदान गरिने उक्त पुरस्कार आज हिमालय क्लवले बाटुलेचौरमा आयोजना गरेको रक्तदान तथा चियापान कार्यक्रमका अवसरमा प्रदान गरिएको हो । बस्नेतलाई कार्यक्रमका प्रमुख अतिथि मनिपाल कलेज अफ मेडिकल साईन्सका प्रा. डा. शिशिर गोख्ले, क्लवका मानार्थ सदस्य बेनीबहादुर बस्नेत, स्व. भट्टाईका छोरा यादवचन्द्र देवकोटा, नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे, वडा नं. १६ का वडा अध्यक्ष्य जीवन आचार्य, क्लवका अध्यक्ष जीवनारायण श्रेष्ठले नगद १५ हजार सहित सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरे ।
सम्मानित व्यक्तित्व बस्नेतले प्राप्त रकम क्लवद्धारा सञ्चालित पुरस्कार समाजसेवा कोषलाई नै हस्तान्तरण गरे । स्व. देवकोटाको परिवारद्धारा स्थापित तथा क्लवद्धारा सञ्चालित पुरस्कारबाट यस अघि सिद्धार्थ क्लव, उद्योगपति गणेशबहादुर श्रेष्ठ सम्मानित भइसकेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा. डा. शिशिर गोख्लेले समाजमा गरिने सेवाबाट नै जीवन सार्थक हुने बताउँदै सम्मानले समाजसेवीको उच्च मुल्यांकन गरेको बताए । सम्मानित व्यक्तित्व बस्नेतले सम्मानले समाजसेवामा लाग्न थप प्रेरणा मिलेको भन्दै जीवन रहेसम्म समाजसेवामा लाग्ने प्रण गरे ।
क्लवका अध्यक्ष जीवनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष सुशिल बस्नेत, सचिव मोहन थापा, सहसचिव बैकुण्ठ पौडेल लगायतले बालेका थिए । यसै विच क्लवले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । पहिलो रक्तदाता क्लवका सल्लाहकार खिमलाल अधिकारीलाई प्रमुख अतिथि प्रा. डा. गोख्लेले ब्लड व्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए । क्लवले २१ औं स्थापना दिवसका अवसरमा त्रिदिवसिय कार्यक्रम अन्तर्गत शुक्रबार सरसफाई र आइतबार साँझ क्लव परिसरमा दिपावली गर्ने भएको छ ।


Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *