स्वतन्त्र पत्रकार संघको बाँके शाखा गठन

छवि मगर पोखरा,
पोखरा, २४ कात्तिक
स्वतन्त्र पत्रकार संघ, नेपालको बाँके जिल्लामा १२ औं शाखा गठन भएको छ।बाँकेमा क्रियाशील पत्रकारहरुको बुधबारnpj बसेको भेलाले नमस्कार शाहको अध्यक्षतामा ११ सदस्यीय स्वतन्त्र पत्रकार संघ बाँके जिल्ला समिति गठन गरेको हो।संघको उपाध्यक्षमा आलम खान, सचिवमा हेमराज भट्ट, कोषाध्यक्षमा मन भण्डारी चयन भएका छन्।
यस्तै सदस्यमा हेमन्तराज काफ्ले, राजु लामिछाने, छविलाल सुनार, शक्तिकुमार वंशकार, अकोश मौर्य र कल्पना अधिकारी रहेका छन्।
बुधबार बसेको भेलाले बाँकेमा क्रियाशील स्वतन्त्र पत्रकार समाजको र स्वतन्त्र पत्रकार संघको समान उद्देश्य रहेकाले दुवै संस्थालाई एक गरेर स्वतन्त्र पत्रकार संघ बाँके गठन गरिएको संघका अध्यक्ष शाहले बताए।
तत्कालीन स्वतन्त्र पत्रकार समाज बाँकेमा उपाध्यक्षमा कृष्ण शाही, सचिवमा राजु लामिछाने, सहसचिवमा खगेन्द्र दाहाल, सहसचिवमा हेमराज भट्ट र सदस्यमा क्षितिजसिंह ठकुरी, रोशनी मल्ल, समिरमान श्रेष्ठ, प्रेमसिंह सुनार, कल्पना अधिकारी र अनुपा राजवंशीको नेतृत्व रहेको थियो।
पोखरामा केन्द्रिय कार्यालय रहेको संघले यसअघि कास्की, स्याङ्जा, चितवन, नवलपरासी, तनहुँ, गोर्खा, लमजुङ, रुपन्देही, कपिलवस्तु, मकवानपुर, अर्घाखाँची जिल्लामा जिल्ला शाखा गठन गरिसकेको छ।