स्याङजा समाज जापान द्धारा बर्दियाका बाढी पिडितलाई राहात वितरण

स्याङजा समाज जापानले बर्दियाका बाढिपिडितहरुलाई राहात वितरण गरेको छ । एक कार्यक्रमका बिच बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ३ का बाढिपिडितहरुलाई १ लाख ५० हजार मुल्यको राहात वितरण गरीएको हो । स्याङजा समाज जापानमा आवद्ध युवाहरुले संकलन गरेको सो रकमबाट २ सय ७० घरपरिवारलाई झुल र धोति वितरण गरीएको राहात वितरण कार्यक्रमका संयोजक पत्रकार साबित्रि गिरीले बताइन । बाढि पिडितहरुको माग अनुसार नै राहात वितरण गरीएको उनले बताइन । स्याङजा समाज जापानका कोषाध्यक्ष विक्रम अर्यालको पहलमा सो रकम उपलब्ध भएको हो । राहात वितरण कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले बाढि प्रभावित क्षेत्रहरुमा देश विदेशबाट सहयोग जुट्दा राहात पुराउन सहज भएको बताए । उनले बाढि प्रभावित क्षेत्रहरुमा छिट्दै सम्पुर्ण राहात सहितको प्याकेज पुराउने पनि बताए । कार्यक्रममा गुलरिया नगरपालिकाका प्रतिनिधि ,वडा नम्बर ३ का जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।