स्थानिय तह अन्र्तगतको कास्कीको अन्नपुर्ण गाउपालीकाले पुर्णता पाएको छ । बैशाख ३१ गते सम्पन्न भएको पहिलो चरणको चुनावको मतपरिणाम घोषणा गरेको १४ दिन पछि गाउपालीकाले निर्वाचन मार्फत पुर्णता पाएको हो ।११ वडा रहेको यस गाउपालीकामा १९ सदस्यीय गाउपालीकाको कार्यपालीका निर्वाचन मार्फत चयन गरिएको छ । कार्यपालीकाको महिलातर्फ आवश्यक ४ जनामा ८ जना र दलित वा अल्प संख्यकतर्फ २ जनाको लागि ४ जनाको उमेद्धवारी परेको थियो ।
कार्यपालीकाको महिला सदस्य पदमा नेपाली काँग्रेसको तर्फबाट गंगादेवी केसी कुवर, बिमला सुनार, भगवति भण्डारी र लक्ष्मी देवकोटाको उमेद्धवारी परेको थियो भने एमालेबाट कमला केसी, चन्द्र कुमारी गुरुङ, छत्र कुमारी गुरुङ र रिता क्षेत्री रहेका थिए । यसैगरि अल्पसंख्यक र दलित मध्ये नेपाली कांग्रेसबाट चक्रप्रसाद गौचन (खगेन्द्र) र लक्ष्मी सुनार एमालेबाट बिष्णुबहादुर बिक र रामबहादुर सार्कीको उमेद्धवारी परेको थियो ।
कार्यपालीका निर्वाचनमा महिला सदस्य पदमा नेपाली काग्रेसको तर्फबाट उमेद्धवारी दर्ता गरेका गंगादेवी केसी कुवर, बिमला सुनार, भगवति भण्डारी र लक्ष्मी देवकोटाले ३१÷३१ मत प्राप्त गरी बिजयी भएका थिए भने एमालेबाट कमला केसी, चन्द्र कुमारी गुरुङ, छत्र कुमारी गुरुङ र रिता क्षेत्री २६÷२६ मत पाएका थिए ।
यसै गरी अल्पसंख्यक र दलित मध्ये नेपाली कांग्रेसबाट चक्रप्रसाद गौचन (खगेन्द्र) र लक्ष्मी सुनारले ३२÷३२ मतले बिजयी भएका थिए र एमालेबाट बिष्णुबहादुर बिक र रामबहादुर साकी २५÷२५ मत प्राप्त गरेका थिए । निर्वाचन अधिकृत योगनाथ ढकालले अन्नपुर्ण गाउपालीकाको कार्यपालीका चुनावमा नेपाली काग्रेसका तर्फबाट उमेद्धवारी परेका सम्पुर्ण उमेद्धवार बिजयी भएको र सपथ ग्रहण कार्य पनि सम्पन्न भएको बताए ।
गाउपालीकामा गाउपालीका अध्यक्ष, उपाध्यक्ष, गाउपालीका भित्रका सबै वडाका वडाध्यक्ष, गाउपालीकाभित्रका निर्वाचित महिला सदस्यहरुबाट ४ जना र अल्पसंख्यक वा दलित मध्ये २ जनाबाट कार्यपालीका कार्यसमिति चयन गरिने ब्यवस्था रहेको छ ।
Leave a Reply