स्टार्स स्टुडियोले आइतबार गरेको ३० वर्षमाथिका उमेर समूहबीच गरेको नृत्य प्रतियोगितामा चिसापानी टोल विकास संस्था पहिलो भएको छ । स्टुडियोले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा नृत्य प्रतियोगिता गरेको हो ।
प्रतियोगितामा प्रथम भएको संस्थाले जितसँगै ३० हजार रुपैयाँ आत पारको छ । समूहगत रुपमा भएको लोक नृत्य प्रतियागितामा पैयूँखोला तमू समाज द्वितीय, सिङ्दी तमू समाज तृतीय भए । जीतसँगै उनीहरुले क्रमशः २० हजार रुपैयाँ र १० रुपैयाँ प्राप्त गरे । सान्त्वना भएका दूधपोखरी तमू समाज र खिलाङ तमू समाजले ५ हजार रुपैयाँका दरले प्राप्त गरे ।
प्रतियोगितामा ११ समूहले भाग लिएको स्टार्स स्टुडियो कि प्रबन्ध निर्देशक जसु गुरुङले जानकारी दिइन् । कार्यक्रममा शनिबार भएको कविता तथा स्कुल स्तरीय चित्रकला प्रतियोगितामा विजयी प्रतियोगीलाई समेत पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा तमू धीं नेपालका अध्यक्ष कर्म गुरुङले मौलिक संस्कृति जोगाउन कार्यक्रमले ठूलो भूमिका खेलेको बताइन् । उनले भनिन्, ‘लोक संस्कृति हराइसकेको अवस्थामा पनि स्टुडियोले नयाँ र पुराना पुस्तालाई एकै स्टेजमा उभाएर राम्रो काम गरेको छ ।’ धेरै पहिचानका कुरा नाचगानबाटै देखाउन सकिने उनले दाबी गरिन् ।
‘यो सहरमा मलाई रोधी घरको याद आयो । छेल्लो फाल्ने ठाउँको याद आयो,’ उनले भनिन्, ‘आमी आफैंले पनि बिर्सिन लागिसकेको कुरा स्टुडियोले फेरि ब्युँझाइदिएको छ ।’ सहरमा आएर मान्छे निहुरिन नजानेको र निहुरिनु नै नेपालीको पहिचान भएको उनले बताइन् । उनले अरुको संस्कृति अंगालेर आफ्नो संस्कृति र मौलिकता बिर्सदैं गएकोमा दुख व्यक्त गरिन् ।
तिलमाया गुरुङ स्मृति पुरस्कार मेनकाजीलाई नृत्य निर्देशक जशु गुरुङले आफ्नी आमाको सम्झनामा स्थापना गरेको तिलमाया गुरुङ स्मृति पुरस्कार मेनकाजी गुरुङलाई प्रदान गरिएको छ । उनलाई तमू धीं नेपालका अध्यक्ष कर्म गुरुङले सम्मान गरेकी हुन् ।
लामो समयदेखि कला क्षेत्रमा लागेको र कलाको माध्यमबाट मौलिक लोक संस्कृतिलाई जगेर्ना गर्न भूमिका खेलेकोमा सम्मान गरिएको स्टार स्टुडियोकी प्रबन्ध निर्देशक जशु गुरुङले जानकारी दिइन् । मेनकाजीलाई स्टुडियोको दोस्रो वार्षिकोत्सवका अवसरमा सम्मान गरिएको हो । उनी हिमाली सांस्कृतिक परिवारका अध्यक्ष तथा सामाजिक अभियन्ता हुन् ।
पुरस्कार ग्रहणपछि गुरुङले मौलिकता तथा पहिचानको पहिलो पाठशाला नै भएकाले घरदेखि नै सबै कुरा सिक्नुपर्ने औंल्याए । ‘घरबाट सन्तानलाई संस्कृति नसिकाउँदा परम्परा हराउँदै गएको छ,’ उनले भने । अरुले के ग¥योभन्दा पनि आफूले के गरियो भन्ने विषयमा ध्यान दिनुपर्ने उनले बताए ।
पुरानो पुस्ताले जानेको संस्कृति नयाँ पुस्तालाई सिकाउन पनि आफूले ३० वर्षमाथिका उमेरसमूहबीच नृत्य प्रतियोगिता गरेको स्टुडियो कि प्रबन्ध निर्देशक गुरुङले बताइन् । कार्यक्रमको सहजीकरण रोशनी गुरुङले गरेकी थिइन् ।
Leave a Reply