अक्सिजनको कमी भएर लाग्ने रोग (सेरेवल पाल्सी) बाट ग्रसित रमित थापा मगरलाई उपचार सहयोग स्वरुप हङकङका एकजना ब्याक्तिले एक लाख रुपैया सहयोग गरेका छन । बुटवल लक्ष्मीनगर घर भइ हाल हङकङ निवासी अमृत छन्त्याल रु एकलाख रुपैया सहयोग गरेका हुन ।
बाग्लुङ काठेखोला गाउपालिका ७ घर भइ हाल पोखराको रामबजार ट्याक्सीचोकमा बस्दै आएका ९ वर्षिय बालकको आर्थिक अभावमा उपचारमा विभिन्न ब्याक्तिहरुले सहयोग गर्दै उपचार गरेको कुरा सामाजिक सञ्जालबाट थाहा पाएपछि बुटवल घर भइ हाल हङकङ निवासी अमृत छन्त्यालले रमितको उपचारको लागी एक लाख रुपैया सहयोग गरेका हुन । हङकङमा रहेका छन्त्यालले सामाजिक अभियनता गौरी गुरुङ र मिना थापा मगरको फेसबुक वालमा रमित थापा मगरको आर्थिक अभावका कारण उपचारमा ढिलाइ भएको भन्ने पोष्ट देखेपछि उनले मिना थापा मगर मार्फत हङकङबाट रकम पठाएका थिए ।
हङकङबाट प्राप्त रकम सोमबार एक कार्यक्रमका बीच रमित थापा मगर सहयोग समितीका संयोजक तथा सामाजिक अभियनता गौरी गुरुङ र मीना थापा मगरले रमितका बुवा भुमिराज थापा मगर र आमा माया कुमारी थापा मगरलाई हस्तान्तरण गरेका छन । हस्तान्तरण समारोहमा वोल्दै सामाजिक अभियनता गौरी गुरुङले आफुहरुको सहयोग सानो भएको र आफुहरुको माध्यामबाट विदेशबाट पनि रमितको लागी सहयोग जुटाउन सफल भएको बताउदै आगामी दिनमा रमितको उपचारको लागी निरन्तरता दिने वताइन । सो अवसरमा वोल्दै रमितका आमा माया कुमारी थापा मगरले गह भरि आंसु झादै आफ्नो छोराको उपचारको लागी विभिन्न ब्याक्तिहरुको सहयोग ठूलो सहयोग भएको र आफुहरुले कलिल्यैपनि गुन तिरेर नसक्ने वताइन ।
गत जेठ सात गते एक्कासी बेहोस भएपछि रमितलाई उपचारको लागी गण्डकी मेडिकल कलेजमा लगेको र उपचारका लागी पैसा नभएपछि गण्डकी मेडिकल कलेजका सुरक्षा गार्ड कृष्ण थापाले एक हजार रुपैया सहयो गरेपछि उनलाई भर्ना गरिएको थियो । त्यसपश्चात उनको उपचारको लागी सहयोग गर्न सामाजिक सञ्जालमा सामाजिक अभियनता गौरी गुरुङले आग्रह गरेकी थिइन । उनको आग्रहलाई स्वीकार्दै सहयोगी मनहरु योगिता गुरुङ १० हजार, गणेश अधिकारी ५ हजार, सर्वजित गुरुङ १ हजार, सपना राना २ हजार, श्रीकृष्ण कतिला १५ सय , गौरी गुरुङ १ हजार, गोविन्द पुन २ हजार, मीना थापामगर २ हजार, सगुन गुरुङ १५ सय, दुर्गा गुरुङ १ हजार, लाल बहादुर गुरुङ ५ सय, भुपति आचार्य ५ सय, सन्ध्या गुरुङ १ हजार, निसा गुरुङ ५ सय, स्यारोन गुरुङ ३ सय, गुड नेबोर्स इन्टरनेश्नल २ हजार, बिन्दु गर्वजा ५ सय, रोमन थापा( गोर्खा) ५ हजार, देउकी सिंजाली १ हजार, नरु दोङ (लम्जुङ ) १ हजार, दृश गुरुङ १ हजार, रुद्र श्रीष ५ हजार र पुनम गुरुङले औषधी सहयोग गरेको सहयोग गरेको सामाजिक अभियनता तथा सञ्चारकर्मी मीना थापा मगरले जानकारी दिए ।
पोखराको काजीपोखरीमा रहेको गुड सेफड बोर्डिङ स्कुलमा नर्सरीमा अध्ययनरत रमित जन्मजात शारिरीक रुपमा अशक्त रहेका छन । उनको तीन महिना अगाडी हरियोखर्क हस्पिटलमा फिजियोथेरापी गराइ आइसिआरसी र हरियोखर्क हस्पिटलको सहयोगमा कृत्रिम सामाग्री उपब्ध गराइ हिडडुलमा सहज गराइएको हरियोखर्क हस्पिटलका कृत्रिम अंग प्रत्यारोपण बिभागका बिभागिय प्रमुख धन प्रसाद रोक्काले वताए ।
रमित थापा मगरलाई हस्पिटलमा भर्ना गराएदेखिनै आफुहरुले पनि नजिकबाट नियाल्दै आफुहरुको तर्फबाट सक्दो सहयोग गरेको नमस्ते किड्सका सगुन गुरुङले वताए । सेरेवल पाल्सीबाट ग्रसित रमित अहिले हस्पिटलबाट डिस्चार्ज भएतापनि उनको स्वास्थ्य स्थितीमा पूर्ण सुधार आइनसकेको अस्पताल श्रोतले जनाएको छ
http://www.himsikhar.com
Leave a Reply