पोखरा भाद्र २८ गते ।
२७ औँ अन्तराष्ट्रिय बाल दिवसको अवसरमा मन्टेश्वरी एशोसिएसन कास्कीले यहि भाद्र २९ गते बुधबारका दिन पोखरामा प्रथम अन्तर मन्टेश्वरी प्रतियोगिताको आयोजना गर्ने बताएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूराभएको मन्टेश्वरी एशोसियसन कास्कीले जनाएको छ ।
बुधबार पोखराको सृजनाचोकस्थित हइट हावसमा संचालन हुने उक्त प्रतियोगितालाई कास्कीका क्षेत्रीय शिक्षा निर्देशकले उद्घाटन गर्नेछन् । कास्की जिल्लामा रहेका विभिन्न २५ भन्दा बढी मन्टेश्वरी प्रि–स्कूलहरुले प्रत्यक्ष रुपमा सहभागी जनाउँने भएतापनि संस्थाकि सचिव सोविता कोइरालाले मन्ेटश्वरी एशोशियसन कास्कीमा आबद्ध ३६ वटा मन्टेश्वरीहरुले प्रतियोगितामा हुने सम्भावना बलियो रहेको बताईन् ।
प्रथम अन्तर मन्टेश्वरी नृत्य प्रतियोगिताको बारेमा बताउँदै मन्टेश्वरी एशोसिएसन कास्कीका अध्यक्ष अरुणा शेरचनले प्रारम्भीक बाल्यवस्थाका बालबालिकाको सब्रागिङ विकास गराउँन र अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउँने उद्देश्यले आयोजना गरिएको बताईन् ।
उनले मन्टेश्वरी प्रि–स्कूलहरुको छाता संगठनको रुपमा रहेको मन्टेश्वरी एशोसियसनले यस क्षेत्रको मर्यादित गुणस्तरीय तथा संस्थाको हकहित र संरक्षणमा ध्यान दिने उद्देश्यले २०७२ सालमा एशोसियसनको स्थापना भएको बताईन् ।
Leave a Reply