सेन्टरप्वाइन्ट रोधीघरमा भदौको पहिलो साता टुवोर्ग सांझ हुने

टुडे पोखरा संवाददाता
0Shares

भदौको पहिलो साता पोखराको मुटु महेन्द्रपुलमा रहेको सेन्टरप्वाइन्ट रोधीघरमा टुवोर्ग सांझ हुने भएको छ । रोधीघरमा आउने दोहोरी पारखीहरुलाई मध्येनजर गरी रोधीघरले भदौको ७, ८ र ९ गते टुवोर्ग सांझको आयोजना गर्ने भएको हो ।

टुवोर्ग सांझमा ख्यातिप्राप्त राष्ट्रिय लोकदोहोरी गायक गायिका मार्फत रोधीघरमा आउने ग्राहकहरुलाई लोकदोहोरी मार्फत भरपुर मनोरन्जन प्रदान गर्ने र लोकदोहोरीको संरक्षणमा टेवा पु¥याउने लक्ष्य लिइएको रोधीघरका सञ्चालक उत्तम गुरुङले जानकारी दिए ।

तीन दिन सम्म सञ्चालन हुने टुबोर्ग सांझमा लोकदोहोरी गायक गायिकाहरु माया गुरुङ, अमर धिताल, आधुनिक तर्फ शान्ति गुरुङ, कुमार पुन, प्रीति आले लगायतका कलाकार तथा स्थानिय कलाकारको साथमा रोधीघरका नियमित कलाकारको प्रस्तुती रहने रोधीघरले जनाएको छ ।