सेती बाढीको सुचना दिने क्याप्टेन अलेक्जेण्डर म्याक्सिमोभको अल्ट्रालाइट दुर्घटनामा मृत्यु

पोखराप्लसवादाता
पोखरा ०८ मंसिर ।

२०६९ साल वैशाख २३ को घटना सायद पोखरेलीको नजरमा ताजै छ । वैशाख २३ को सेतीबाढीले पोखराको उपल्लो भेगमा ठूलो क्षती भएपनि तल्लो तटमा भने त्यती ठूलो मात्रामा????????????????????????????????????

मानवीय क्षती हुन पाएकोे थिएन ।त्यसको मुख्य कारण थियो पोखराका एकजना अल्ट्रालाइट चालक ।

एभिया क्लवका अल्ट्रालाइट चालक क्याप्टेन अलेक्जेण्डर म्याक्सिमोभले वैशाख २३ शनिवारको दिन अल्ट्रालाइटको उडान भर्दै माछापुच्छ«े हिमाल नजिकै पुगेका थिए । उनले उडानकै क्रममा अन्नपूर्ण क्षेत्रमा पोखरा तर्फ आउदै गरेको कालो मुस्लो आकारको बाढी देखेर पोखरा टावरमा सम्पर्क गरी त्यस दिन म्याक्सिमोभबाट प्राप्त अग्रिम सूचना विमानस्थलको रेडियो टावर हुँदै प्रहरी, जिल्ला प्रशासन र स्थानीय एफएम रेडियो स्टेसनसम्म पु¥याएर पोखरेलीलाई बचाउन सफल भएको थियो ।

उनले सन्देश प्रवाह गरेपछि सेतीको तल्लो तटमा बसेका र बालुवा चाल्ने काम गरिरहेकाहरू लाई सशस्त्र प्रहरी प्रहरी

dddd

 

लगायतको आकस्मिक टोली तुरुन्तै सो स्थानबाट हटाउने र बाढीमा परेकालाई उद्धार गर्न सफल भएको थियो । यसरी पोखरेलीलाई बेलैमा सचेत गराउने र बचाउने अलेक्जेण्डर म्याक्सिमोभले आज आफैलाई बचाउन सकेनन । बुधवार बिहान कास्कीको चापाकोटमा रहेको एभिया क्लवको धावन मार्गमा ह्याण्ड ग्लाइडरलाई उडाउने क्रममा दुर्घटनामा परी ६५ वर्षिय अलेक्जेण्डर म्याक्सिमोभको मृत्यु भएको हो । ह्याण्ड ग्लाइडर उडाउने क्रममा अल्ट्रालाइटमा जोडिएको डोरी चुडेर दुर्घटना हुदा म्याक्सिमोभको मृत्यु भएको हो ।

१४ वर्षदेखि पोखरामा बसेर अल्ट्रालाइट उडाउँदै आएका उनी अनुभवी पाइलटमध्ये गनिन्थे। आखिरमा उनको निधन पनि आफैंले चलाएको अल्ट्रलाइट जहाज दुर्घटनामै भयो । पोखराको पर्यटन प्रवर्द्धनमा पनि म्याक्सिमोभको ठूलो योगदान रहेको स्थानीय व्यवसायी बताउँछन्। पोखरामै बसेर अल्ट्रालाइट उडाउनुका अतिरिक्त पाइलट उत्पादनमा पनि उनको योगदान थियो। उनले सिकाएका केही पाइलटले पोखरामा अल्ट्रालाइट उडाउँदै आएका छन । म्याक्सिमोभले नेपालमा ‘एसेम्बल’ गरिएको पहिलो जहाज ‘डाँफे’ को सफल उडान समेत गरेका थिए । स्मरण रहोस उनको छोरा स्टेफेनको पनि अल्ट्रालाइट दुर्घटनामा केहीवर्ष अगाडी मृत्यु भएको थियो ।दुर्घटनामा क्यानेडियन महिला २७ बर्षिय जिलेनी मेरी भोल्कर घाइते भएकी छिन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । ९ एन–एएलएल कलसाइनको जहाज भुई छाडेर केही माथि पुग्नासाथ सन्तुलन विग्रिएपछि धावनमार्ग नजिकै खसेको हो ।  ह्याङग्लाइडर उडाउने क्रममा अल्ट्रालाइट जहाजले पुछारमा अड्याइएको मसिनो डोरी चुडिएपछि अनियन्त्रित भएर दुर्घटनामा परेको अनुमान छ । भोल्कर ह्याङग्लाइडरमा थिइन् भने अलेक्जेन्डरले सो ह्याङग्लाइडरलाई उडाउने अल्ट्रालाइट चलाएका थिए ।

तस्विर ः एजेन्सी