पोखरा लेखनाथ महानगरपालिका वडा नं. १०, नहरमार्ग स्थित सृष्टि टोल विकास आमा समूहको आयोजनामा सोमबार देखि दुई दिने उद्घोषण तालिम सुरु भएको छ ।सो तालिमको उद्घाटन गर्दै वडा नं. १० का वडाध्यक्ष राजकुमार गुरुङले तालिमबाट आमा दिदीबहिनीहरूको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाव दिँदै वडाध्यक्ष गुरुङले अहिलेको युगमा हरेक क्षेत्रमा बोल्ने कलाको महŒव बढ्दै गएको बताए।
कार्यक्रममा वडा सदस्यहरू सम्मरबहादुर श्रेष्ठ, दीपक थापा, निशा मल्ल, प्रतिभा विक पोखरेल, आमा समूहकी पूर्व अध्यक्ष फूलकुमारी थापालगायतले तालिमलाई उपलब्धीमूलक बनाउनुपर्नेमा जोड दिएका थिए ।
सृष्टि टोल विकास आमा समूहकी अध्यक्ष देउमाया गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव विष्णु थापाले गरेका थिए। मंगलबारसम्म हुने तालिममा निर्मला कार्की भण्डारीले प्रशिक्षण दिएकी छिन्।
Leave a Reply