सुब्रतको ‘सुश्री सम्पत्ति’

टुडे पोखरा संवाददाता
0Shares

 

रंगपत्रकार सुब्रत आचार्यको निर्देशनमा बन्ने दोस्रो फिल्म ‘सुश्री सम्पत्ति’को छायाङक्न सुरु भएको छ । गंलबार बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा फिल्मको शुभमुर्हत सर्ट खिचेपछि छायाङ्कन सुरु भएको हो ।
फिल्ममा सलोन बस्नेत, सारा सिर्पाली, विनोद न्यौपाने, प्रमोद अग्रहरि, राजाराम पौडेल, जयानन्द लामा, विशराद बस्नेत, सुनिता श्रेष्ठ, प्रेमवर्षा खड्का, रोसनी कार्की, कमल प्यासी देवकोटा, राज न्यौपाने, सन्तोष खनाल लगायत कलाकारहरुको मुख्य अभिनय रहने छ ।
नायिका प्रियंका कार्कि बिशेष भुमिकामा देखिदैछिन् भने रेम बिक र सुव्रत आर्चायले फिल्ममा अतिथि कलाकारको रुपमा अभिनय गर्नेछन् ।
सम्पूर्ण छायाङ्कन पोखरामा सम्पन्न गरिने फिल्ममा समावेश एउटा गीतको छायाङ्कन भने काठमाण्डौंमा गरिनेछ । फिल्ममा सुरेश अधिकारीको संगीत, अभिमन्यु निरवीको पटकथा रहेको छ । कमेडीसहित प्रेम कथा रहने फिल्मको छायाङकन ३० दिनमा सक्ने गरि काम सुरु गरेको निर्देशक आर्चाले जानकारी दिए ।
अर्जुन तिवारीले खिच्ने फिल्ममा कविराज गहतराजको कोरियोग्राफि रहनेछ । निर्देशक आचार्यले नै फिल्मको कथा लेखेका हुन् । आचार्यले यसअघि अधकट्टि निर्देशन गरिसकेका छन्
राउल इन्टरटेनमेन्टको ब्यानरमा रमेश त्वयना बिज्ञान राई, नुनम सुब्बा र रोमन शीलाकर फिल्मका निर्माता हुन् ।

तस्वीर पनि छ ।