सुन्दरी बनाउने कला देखाउन बिना राई लण्डन देखि पोखरासम्म

0Shares

क्रिस्टल हेयर एण्ड ब्यूटी स्टुडियोका संचालक बिना राईले पोखरामा सुन्दरी बनाउने कला देखाउने भएकी छिन् । ‘मेक ओभर प्लस २०१७’ नाम दिएर भदौ २ गते शुक्रबार गर्न लागिएको कार्यक्रममा मोडेलहरुलाई प्रत्यक्ष स्टेजमा राखेर मेकम गनिरेछ । नेपालमा नै नौलो मानिने स्टेजमा प्रत्यक्ष मेक ओभर डेमोन्सट्रेसन गर्ने र आफुले सिकेको सिपलाई नेपाली दिदि बहिनीहरुलाई बाड्ने मनसायले पोखरामा कार्यक्रम गर्न लागेको संचालन राईले बताईन् ।

मेकअप महिलाले मात्र गर्ने भन्ने समाजलाई परिवर्तन गर्न जरुरी रहेको सुनाउँदै उनले बेलायतमा सिकेको ज्ञान दिन आफु नेपालब आएको दाबी गरिन् । बेलायतमा आफुले धेरै देशका ब्यूटिसियनहरुलाई तालिम दिदै आई रहेको विना राईले काठमाडौमा दुई पटक यस्तो कार्यक्रम गरिसकेको र त्यसको सफलताले हौस्याएर पोखरामा यस्तो कार्यक्रम गर्न लागेको जानकारी दिईन् ।पोखरास्थित सांग्रिला भिलेज रिसोर्टमा हुने कार्यक्रममा २ सय भन्दा बढिको सहभागिता हुने आयोजकले अपेक्षा गरेका छन् । कार्यक्रममा सहभागीताका लागि दुई हजार रुपैंयाँको टिकट काट्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *