सुख्खा पहिरोले दरमखोला रोकियो, विद्युत प्रवाह हुँदा करेन्ट लागेर एक महिलाको मृत्यु

0Shares

प्रेम रोका मगर

बागलुङ खण्डमा पर्ने मध्यपहाडी लोकमार्गको रिघामा सडक माथिबाट सुक्खा पहिरो खस्दा दरमखोला थुनिएको छ । रिघा गाविसको वडा नम्बर–७ मनेवापाटामा खोलाभन्दा झण्डै २ सय मिटर माथिबाट ठुला रुखहरुसँगै २ मिटर चौडा भागबाट पहिरो झरेपछि दरमखोला रोकिएको हो । पहिरो गएको क्षेत्रमा विद्युतको राष्ट्रिय प्रसारण लाईनको पोल र तार समेत खोलामा पुगेपछि विद्युत सेवा पनि अबरुद्ध बनेको छ । पहिरोले ७ वटा पोल ढलेको र विद्युत प्रसारण अनियमित भई उच्च भोल्टेजमा करेन्ट प्रवाह भएका बेला घरको मेन स्विच बन्द गर्न पुगेकी रिघा–७ कल्छेकी ५६ बर्षिय मनकुमारी नेपालीको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भिर घाईते भएकी नेपालीलाई उपचारका लागि हटिया लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायब निरीक्षक बानियाँले जानकारी दिए ।


विहान ५ बजे खसेको पहिरोले मध्ये पहाडीलोक मार्गको बागलुङ बुर्तिबाङ सडक अबरुद्ध बनेको प्रहरी चौकी खर्बाङ्गका प्रहरी नाबय निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिए । पहिरोपछि स्थानिय मनकुमारी शाहीको घर उच्च जोखिममा रहेकाले स्थानिय प्रहरी र स्थानियवासीको सहयोग उनको परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।
पहिरो खसेपछि दरमखोला ४ घण्टासम्म पुरै थुनिएर विहान ९ बजेदेख पानी बाग्न थालेको र अहिले खालामा पहिलेकै बाहवमा पानी बग्न थालेको घटस्थानमा रहेका पत्रकार कमल पौडेलले जानकारी दिए । पानी बग्न थालेपछि जोखिम केहि काम भएपनि तटिय क्षेत्रका खबाङ्ग, वामीटक्सार, भुवाचिदी रिडि रुद्रबेणीका बासिन्दालाई सचेत रहन अपिल गरिएको छ । पहिरोले सडक भत्किएपछि काठमाण्डौबाट बुर्तिबाङ्गका लागि छुटेका र बुर्तिबाट काठमाण्डौका लागि छुटेका दर्जनौँ साना ठुला सवारी साधन खर्बाङ्ग र हटिया बजारमा रोकिएका छन् ।
पहिरो गएको क्षेत्रमा प्रहरी चौकी खर्बाङ्ग र ईलाका प्रहरी कार्यालय हरिचौरको टोली पुगेपनि पहिरोको वारीपारी बाट फोनमा मात्र कुराकानी गर्न सक्ने अबस्था रहेको पत्रकार पौडेलले बताए । प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले अहिलेपनि माथिबाट ढुङ्गा र माटो खसिरहेको र खोलामा थुनिएर बनेको तालको पानी पुरै नबगेसम्म तत्काल सडक खुलाउन सकिने अबस्था नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *