‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आखैमा झझली, भाईटिकामा भेट्न आउला, अरुण लामाको स्वरमा रहेको दोष कसैलाई दिन चाहन्न लगायत थुप्रै चर्चित गीतका सर्जक सुक गुरुङको उपचारार्थ पोखरा आयोजना हुने विविध साँस्कृतिक कार्यक्रमको तयारी तिव्र रुपमा अगाडि बढेको छ ।मृगौला रोगबाट पिडित गीतकार एवम संगीतकार गुरुङ उपचारमा सहयोगार्थ चैत्त २३ गते आयोजना गर्न लागेको सुक गुरुङ उपचार सहयोग विविध साँस्कृतिक कार्यक्रमको तयारीलाई तिव्र रुपमा अगाडि बढाएको समितिका सचिव भुपाल गुरुङले जानकारी दिनुभयो ।
सुक गुरुङ बचाँउ अभियान अन्र्तगत आयोजना गर्न लागेको कार्यक्रमको लागि हाल टिकट विक्री वितारण देखि प्रचारप्रसारको कार्य उपसमिति नै गठन गरि तयारी भईरहेको उहाँले जानकारी दिनुभयो । साँस्कृतिक कार्यक्रम हेर्ना तथा सुक गुरुङलाई सहयोग गर्न चाहानेहरुले पोखराका विभिन्न स्थानहरुबाट टिकट, सहयोग गर्न सक्ने उहाँको भनाई छ । पोखरा सभागृहमा हुने कार्यक्रमका लागि हिमालय कम्पुटर न्युरोड, माइ वेष्ट फेसन पन्थीगल्ली, पोखरा पिजा हाउस सेन्टर पोइन्ट लेकसाईड, ओपन हाउस चिप्लेढुंगा, हेरिटेज फेसन महेन्द्रपुल, डुङगा रेष्ट्रो एण्ड लञ्च बार लेकसाइड, फेवा कलर ल्याव पृथ्वीचोक, दिलकाजी गुरुङ बगरचोक, लुक्स टुर्स एण्ड ट्रार्भल्स रामबजार, अंकल्स वियर गार्डेन न्युरोड पोखरा लगायतका स्थानहरुमा टिकट उपलब्ध हुने जनाएको छ ।
कार्यक्रममा कर्णदास, विनोद बाँनिया, धन बहादुर गुरुङ, सान्त बज्रचार्य, रुवी गौली, सागर शाह, अजुदा थापा, ज्ञान बहादुर थापा, तिलक गुरुङ लगायतका चर्चित कलाकारहरुले सुक गुरुङ द्धारा रचायित एवम संगीत भरेका गितहरु प्रस्तुत गर्ने समितिका संयोजक जगन गुरुङले बताउनुभयो । साँस्कृतिक कार्यक्रम उपचार सहयोगार्थ आयोजना गरिएकाले स्राष्ट बचाउन पनि सबैको सहयोग अपिरिहार्य रहेको उहाँको भनाई छ । लामो समय देखि विभिन्न रोगबाट पिडित गुरुङको मृगौला प्रत्यारोपणका लागि करिव २० लाख लाग्ने अनुमान गरिएको छ । चितवन दिव्यनगर घर भई हाल लेखनाथ डाँडाको नाक बस्दै आउनुभएका ५६ वर्षिय संगीतकार गुरुङ विंस २०३५ साल देखि संगीत क्षेत्रमा क्रियाशिल छन् । गुरुङको श्रीमति र दुई छोरा छन ।
Leave a Reply