सामुहिक माघी स‌ंस्कृति  

Today Pokhara
0Shares

Manoj Ghart i Magarमनोज घर्तीमगर-आज माघे संक्रान्ति । नेपालका विभिन्न समुदायले आआफ्नै तरिकाले मनाउँछन् यो पर्व । तिथिमिति एउटै भए पनि विभिन्न जातजातिले मनाउने तौरतरिका फरकफरक छ । सरकारले केही निश्चित जातिको मुख्य पर्व भनेर माघ १ गते सार्वजनिक बिदा दिने गरेको छ । विसं २०६५ सालमा मन्त्रिपरिषद्को निर्णयबाट माघे संक्रान्तिलाई मगर समुदायको राष्ट्रिय पर्व घोषणा गरियो ।
त्यसपछि थारु समुदायका अगुवाले माघीलाई थारुको पर्व भनेर मान्यता दिनुपर्ने माग गर्दै संघर्ष गरे । त्यसपछि २०६८ सालमा मन्त्रिपरिÈदले माघीलाई थारुको पनि पर्व भनेको थियो । लगत्तै २०६८ पुस २८ गते बसेको मन्त्रिपरिषदको बैठकले मगर, थारुको मात्रै नभई छन्त्याल जातिको पर्व पनि माघी भएको भन्दै मान्यता दियो ।
केही निश्चित जातिको मुख्य पर्व माघी हो भनेर सरकारले राजपत्रमै उल्लेख गरे पनि माघीका विशेषता ठाउँअनुसार फरकफरक छन् । यो चाडलाई विभिन्न जातजातिले फरकफरक तरिकाले मनाउने भएकाले कुनै एक जाति विशेषले हाम्रो मात्रै पर्व हो भन्नु मनासिव भने देखिँदैन । त्यस्तो दाबीले आफैलाई कमजारे बनाउँछ । त्योभन्दा अझ गहिरो कुरो सरकारले बुझ्नुपर्ने हो । तर, नेपालको राज्य संयन्त्र यति कमजोर छ कि, बिनाअध्ययन अनुसन्धान जसले जे माग्यो अन्धाधुन्ध तरिकाले दिने गरेको तथ्य यही माघीलाई लिन सकिन्छ । सरकारले माघी हाम्रो जातीय चाड हो भन्दै जो जो उफ्रिन्छ, त्यसैको हो भन्दै मन्त्रिपरिषदबाट निर्णय गर्नु कच्चापन हो । सरकारमा बस्ने अल्पज्ञानीले गरेको यस्तो निर्णयले समाज जुटाउन हैन, फुटाउन मद्दत गर्छ ।
माघ १ गतेलाई देशका विभिन्न भागमा बेग्लाबेग्लै किसिमले मनाइन्छ । विभिन्न समुदायले आआफ्नै तरिकाले मनाउने माघी अहिले सामूहिक पर्व बन्दैछ । यो पर्व सामूहिक बन्नुमा सबैलेले कुनै न कुनै रुपमा माघी मनाउँदै आउनु मुख्य कारण हो । समुदायपिच्छे यसलाई फरकफरक नामले पुकारिन्छ । मगरहरुले मार्हाङ याक(खुसीको दिन) वा माघे सकराटी, कतै मिनाम ल्हेस (नयाँ वर्ष), कतै सार ल्हेस भनेर मनाउँछन् । काठमाडौं उपत्यकाका नेवारले माघीलाई घिउ चाकु संल्हूका रुपमा मनाउ“छन् भने थारुले माघीलाई आफ्नो सबैभन्दा ठूलो चाडका रुपमा मान्दै आएका छन् । छन्त्यालले ‘छारमेङ’ लिम्बुले ‘कः क्फेकवा तङनाम’ नामले पुकार्छन् भने हिन्दु धर्मावलम्बीले मकर संक्रान्तिको रुपमा यस चाडलाई धुमधामका साथ मनाउँछन् ।
माघ १ गतेलाई देशका विभिन्न भागमा बेग्लाबेग्लै किसिमले मनाइन्छ । विभिन्न समुदायले आआफ्नै तरिकाले मनाउने माघी अहिले सामूहिक पर्व बन्दैछ । समुदायपिच्छे यसलाई फरकफरक नामले पुकारिन्छ । मगरहरुले मार्हाङ याक(खुसीको दिन) वा माघे सकराटी, कतै मिनाम ल्हेस (नयाँ वर्ष), कतै सार ल्हेस भनेर मनाउँछन् ।
माघी नेपालमा मात्रै होइन, विश्वभर आ–आफ्नै स्थानीय नाममा प्राचीन कालदेखि मनाउने गरिएको छ । समाजशास्त्री एवं भाषाविद् प्राध्यापक बिके रानामगरका अनुसार यो पर्व मूलतः प्रकृति पूजा अर्थात् ‘सूर्य पूजा वा उपासना’ को पर्व हो । यो पर्व प्रकृति, ऋतु परिवर्तन र कृ0षिसँग सम्बन्धित छ । ज्योतिषशास्त्रका अनुसार माघ १ गतेका दिन सूर्य पृथ्वीको  गोलाद्र्धको कुनै काल्पनिक ‘मकर रेखा’ मा प्रवेश गरी उत्तरी गोलार्धतिर लाग्छ । सूर्य ‘मकर रेखा’ वा मकर राशिमा प्रवेश गर्ने भएबाट माघीलाई ‘मकर संक्रान्ति’ भनिएको हो । माघे संक्रान्ति पर्वका बारेमा महाभारत, ‘मत्स्य पुराण’ र ‘स्कंद पुराण’ हरुमा अत्यन्त मीठामीठा, रोचक कथा वर्णित छन् ।
संस्कृत भाषाको यो ‘मकर’ वा ‘माकर’ शब्दले ‘गोही’ वा ‘समुद्री राÔस’ भन्ने अर्थ लाग्छ । ध्वनिविज्ञान अनुसार यी ‘मकर’ र ‘मगर वा मागर’ शब्दका ‘क’ र ‘ग’ व्यञ्जन वर्ण बोल्दाखेरि एकै स्थान ‘कण्ठ वा घाटी’ बाट उच्चारण हुने ध्वनि हु्न । ‘मकर’को ‘क’ अघोष, अर्थात् घाटीमा ‘घर्Èण नहुने’ र ‘मगर वा मागर’ को ‘ग’ सघोष अर्थात् घाँटीमा ‘घर्Èण हुने’ व्यञ्जन वर्णहरु हुन् ।
माघे संक्रान्ति अर्थात् ‘मकर संक्रान्ति’ कताकता ‘मगर संक्रान्ति’ हो कि भन्नेजस्तो देखिए पनि वा भावार्थ त्यस्तो लागे पनि नेपालका ‘मगर’ जातिसित ‘माघे सक्रान्ति’ शब्दले माथि लेखिएका ‘मकर र माकर’ शब्दहरुले कुनै अर्थ र सम्बन्ध राख्दैनन् । तर, नेपाल मगर संघले वर्षेनी माघ १ गते मनाइने माघे संक्रान्तिलाई मगर–संक्रान्ति भनेर पनि भन्ने गरेको छ ।
सरकारले ‘मगर, थारु र छन्त्याल’ को मात्र मुख्य पर्वका रुपमा माघीलाई मान्यता दिई सार्वजनिक बिदा दिए पनि माघी सामूहिक पर्व हो । मकर संक्रान्ति पनि प्रकृति पूजा अर्थात् ‘सूर्य पूजा वा उपासना’ को पर्व भएकाले नेपालका आदिवासी÷जनजाति मानिने मगर, थारु, छन्त्याल लगायत जातिले माघी परापूर्वकालदेखि मनाउँदै आएको कुरा भने सत्य हो । यो पर्व प्रकृति, ऋतु परिवर्तन र कृषिसँग सम्बन्धित भएकाले उनीहरुले पहिल्यै देखी मनाउँदै आएको पर्व हो । यसको मतलब यी तीन जातिबाहेक अरुले माघी मनाउँदैनथे, अरुको मुख्य पर्व होइन भन्ने कुरा तत्थ्यसंगत देखिँदैन ।
सरकारी निर्णयबाटै मगर समुदायको मुख्य पर्व माघी भएको घोषणा गरिदिएपछि परापूर्वकालदेखि विभिन्न तरिकाले माघी मनाउँदै आएका मगर समुदायका खुसी छन् । मगर समुदायमा माघीको महत्व पनि धेरै छ । उनीहरुले ३ देखि १५ दिनसम्म यो पर्व मनाउँछन् । समाजशास्त्री एवं आदिवासी जनजाति अधिकारकर्मी झकेन्द्र घर्तीमगरका अनुसार अठार मगरात Ôेत्रको रुपमा चिनिने रोल्पा, रुकुम र बागलुङका मगर पुस १५ गतेदेखि नै तारो हान्ने खेलको अभ्यास गर्दै माघीको तयारी गर्छन् ।
माघे संक्रान्तिलाई मगर समाजमा बितेका पुर्खाहरुको पूजा (पितृ पूजा) गर्ने, छोरीचेलीलाई दÔिणा दिई सत्कार गर्ने र प्रकृतिस“गको आफ्नो सम्बन्ध दर्साउने पर्वको रुपमा मनाउँछन् । माघे संक्रान्तिका दिन वनतरुल, घरतरुल, जौ, तिल र मासको दालको टीका लगाउने र खिचडी खाने गर्छन् । रोल्पा, रुकुम, बागलुङ र म्याग्दीका मगर तारा हान्ने खेल खेल्छन् । यो खेल प्रतियोगितामा पहिलेपहिले भरुवा बन्दुकको प्रयोग गरिए पनि अहिले बन्दुकको प्रयोग निकै कम हुन्छ । यसको ठाउँ लिएको छ धनुवाणले ।
तारो हान्ने खेलमा निसाना लगाई विजयी भए त्यसलाई टाउनको सेतो फेटा गुथाएर बाजा बजाउ“दै काँधमा राखेर गाउ“मा डुलाउने चलन छ । त्यसैगरी पाल्पा, स्याङजा, गोरखा र तनहु“का मगरहरु कौहा्रा नाच नाचेर रमाइलो गर्छन् । माघे संक्रान्तिको अघिल्लो दिन मगरहरु आआफ्नो टोलमा जम्मा भई सु“गुर, बुँगुर, खसी–बोका, रा“गो काट्ने, माछा मार्ने पनि गर्छन् ।
माघी पर्व थारु समुदायमा स्वतन्त्रताकोे पर्व र उन्मुक्तिको अवसरको रुपमा पनि चिनिन्छ । पहिले मालिकको घरमा एक वर्Èका लागि राखिएका कमैयाहरु मालिकबाट बिदा लिन चाहेमा माघीमा घर जान पाउँथे । काठमाडौंमा बसोबास गर्ने थारुले २०५९ सालदेखि काठमाडौंमा माघी महोत्सव आयोजना गर्न थालेका हुन् । यो वर्È पनि टु“डिखेलमा माघ १ गते माघी महोत्सव गरि“दैछ । यो पर्वलाई थारुले ठा“उ–विशेÈअनुसार माघी, माघ, माघी डेवानी, खिचरा आदि नामले पनि पुकार्छन् । पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म तराईमा बसोबास गर्ने थारुहरु माघीलाई विशेÈ महत्वका साथ मनाउने गर्छन् ।
नेपालका विभिन्न जातजातिह्ले आ–आफ्नै सांस्कृतिक अस्तित्व र पहिचान झल्काउने चाडपर्व परापूर्व कालदेखि नै मान्दै आएका हुन् । तीमध्ये माघी पनि एक हो । भलै यसको नाम समुदाय अनुसार फरक छ । माघे संक्रान्ति नेपालीको राष्ट्रिय चाडका रुपमा मनाउँदा सुनमा सुगन्ध हुनेछ ।
http://www.manojg.com.np/2016/01/blog-post_54.html