सामुदायिक सेवा केन्द्र वगरद्धारा जनप्रतिनिधिलाई स्वागत

Today Pokhara
0Shares

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरले शुक्रबार एक कार्यक्रमका बीच निर्वाचित जनप्रतिनिधिलाई वधाई तथा स्वागत गरेको छ।केन्द्रले पोखरा लेखनाथ महानगर पालिका वडा नं. १ की वडाअध्यक्ष शारदा पराजुली, महिला सदस्य प्रमकुमारी शाही, दलित महिला सदस्य प्रेमदेवी परियार र खुल्ला सदस्य रुद्रप्रसाद चुई, साहारा प्रधान तथा वडा नं.२ का खुल्ला सदस्य गौतम विजुक्छे र महिला सदस्य गोमा सुवेदीलाई वधाई तथा स्वागत गरेको हो।उनीहरुलाई सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरकी अध्यक्ष जीवन अधिकारी, संस्थापक अध्यक्ष सीता गुरुङ र निवर्तमान अध्यक्ष पुरुषोत्तम श्रेष्ठले फुल माला अविर लगाई स्वागत गरेका थिए।
कार्यक्रममा बोल्दै वडा नं. १ कि नवनिर्वाचित वडा अध्यक्ष शारदा पराजुलीले वडावासीको सल्लाह अनुसार नै आफूले काम गर्ने प्रतिवद्धता जनाईन्।वडा नं. २ कि वडा सदस्य गोमा सुवेदीले सेवा केन्द्रले सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउदै यस केन्द्रबाट पाठ सिक्नु पर्ने बताइन्।
कार्यक्रममा सामुदायिक सेवा जिल्ला समन्वय समितिका उपाध्यक्ष चक्रपाणि सुवेदी, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरकी संस्थापक अध्यक्ष सीता गुरुङ, निर्वतमान अध्यक्ष पुरुषोत्तम श्रेष्ठले यहाँका जनतालाई प्रत्यक्ष प्रभाव पर्ने खालका काम गर्न आग्रह गरेका थिए।सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरकी अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा टोल विकास संस्था वडा नं. १ का वडा समन्वय समिति अध्यक्ष चन्द्रबहादुर गुरुङले स्वागत र केन्द्रका सचिव रामभूषण पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए। केन्द्रले जेठ २२ गते जौवारी याम्दीमा सरसफाइ कार्यक्रम गर्ने समेत जनाकारी दिइएको छ।