सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा विदाई कार्यक्रम सम्पन्न

टुडे पोखरा संवाददाता
0Shares

सामुदायिक सेवा केन्द्र एवम सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीले यहि वैशाख २८ गते सरुवा भई जान लाग्नुभएका जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहको विदाई तथा जिल्ला अन्तर्गत अन्य प्रहरी युनिटका प्रमुखहरुको स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बिष्णु बहादुर भट्टराईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कास्कीबाट सरुवा भई जान लाग्नुभएका प्रहरी उपरीक्षक अशोक सिंहलाई विदाई गरिनुका साथै ईलाका प्रहरी कार्यालय शिशुवाका प्रमुख प्रहरी नायव उपरीक्षक गोबिन्द पुरी, वडा प्रहरी कार्यालय बैदाम प्रमुख, प्रहरी नायव उपरीक्षक नविन कार्की, वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक दुर्गा प्रसाद श्रेष्ठ र वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक दिपक बहादुर के।सी।लाई स्वागत समेत गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका प्रहरी उपरीक्षक सिंहले आफ्नो छोटो कार्यकालमा भएका शान्ति सुरक्षा, लागूऔषध दुर्व्यसनि तथा ट्राफिक दुर्घटना नियन्त्रणका काम सफल हुनुमा सामुदायिक प्रहरी सेवा केन्द्र, नागरिक समाज, आमा समूह लगायत सम्पुर्ण कास्केली नागरिकको सहयोगको कारण सम्भव रहेको भन्दै विभिन्न सामाजिक काममा पुर्यासउनु भएको सहयोग प्रति धन्यवाट व्यक्त गर्नुभयो ।