सातौ पोखरा महोत्सवको तयारी पुरा

Today Pokhara
0Shares

छवि मगर-सातौ संस्करणको ‘पोखरा महोत्सव’को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक युनाइटेड क्लवले बुधवार गरेको पत्रकार सम्मेलनमा महोत्सव प्रचारप्रसार संयोजक तथा क्लवका महासचिव राजु श्रेष्ठले सातौ पोखरा महोत्सवको सम्पूर्ण तयारी पुरा भएको वताए ।
महोत्सव पुस २९ देखि माघ १० गतेसम्म अमरसिंह चौरमा आयोजना हुँदैछ । महासचिव श्रेष्ठका अनुसार सातौ संस्करणको महोत्सवको मुख्य आकर्षण विभिन्न पशु पंक्षीको अवलोकन गर्न पाइनेछ ।
महोत्सव सम्पन्न गर्न विभिन्न ३५ वटा उपसमितीहरु निर्माण गरी काम गरेको क्लवका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितीका संयोजक सुक बहादुर गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङले महोत्सवलाई सभ्य र भब्य वनाउनका लागी सम्पूर्ण पोखरेलीको साथ र सहयोग रहने आशा गरे । महोत्सवमा २ सय ४० स्टल रहनेछन् ।
महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सुचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवसायीक संघ सस्थाहरुको सेवा बारे जानकारी, ब्यवसायीक संघ सस्थाहरुको सेवा बारे जानकारी, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण, पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, बन्यजन्तुको अवलोकन गर्न पाइने छ ।
राष्ट्रिय स्तरका कलाकारहरुद्वारा दोहोरी गीत प्रस्तुती, लम्जुङे ठाडो भाका भेडीखर्के साइलाको प्रस्तुती, नेपालका ख्यातिप्राप्त ब्याण्ड तथा कलाकारहरुको लाइभ प्रस्तुती साथमा लोकल ब्याण्डहरुको प्रस्तुती , हांस्यब्यङ्ग प्रस्तुती, उत्कृष्ट स्टललाई पुरस्कार, चमेना गृहको ब्यवस्था, वाल उद्यान, नेपाली संस्कृति झल्कने प्रस्तुती र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहने आयोजकले जनाएको छ ।
महोत्सवको पुस २९ गते दिनको १ बजे अर्थमन्त्री कृष्ण बहादुर महराले उद्घाटन गर्नेछन् ।