सहारा परिवारद्धारा सहारा एकेडेमी र नौलो घुम्ती अवलोकन

 

सहारा परिवारद्धारा पोखरा महानगरपालिका वडा नं. १७ दोविल्लास्थित सहारा एकेडेमीको अवलोकन गरेको छ । सहारा युके, सहारा क्लव हङकङ र सहारा क्लव अष्ट्रेलियाका अध्यक्षसहितको समुहले सहारा क्लव पोखराद्धारा सञ्चालित एकेडेमीको अवलोकन गरेका हुन ।
सहारा युकेका अध्यक्ष मिनबहादुर गुरुङ(साइला) सहित युकेको समुह, सहारा क्लव हङकङका अध्यक्ष दिपक गुरुङ, सहारा क्लव अष्ट्रेलिका अध्यक्ष राजमान थकाली लगायत दोविल्ला पुगेका अतिथिहरुलाई सहारा क्लवका अध्यक्ष केशबबहादुर थापा, निवर्तमान अध्यक्ष बीरभद्र आचार्य, पुर्व अध्यक्ष बिक्रम थकालीले खादा र फूलद्धारा स्वागत सम्मान गरेका थिए ।
उक्त अवसरका एकेडेमीको वर्तमान अवस्थाका बारेमा क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिदै सहयोगीहरुको साथका साथै पहिलो पटक नेपाल सरकारको बजेट गरी करिब २५ लाखको लागतमा अर्को तल्ला थप गरिरहेको जानकारी दिए । स्वागत सम्मानसँगै जलपानको व्यवस्था समेत सहारा क्लव पोखराले गरेको थियो ।
यसरी नै पोखरा १७ मै अवस्थित लागु औषध नियन्त्रण तथा पुर्नस्थापना केन्द्र नौलो घुम्तीको सहारा परिवारले अवलोकन गरेको छ । उक्त अवसरमा सहारा युकेका तर्फबाट नौलो घुम्तीलाई प्रदान गरिएको ५ लाख ६८ हजार २१८ रुपैयाको चेकको फ्लेक्स नौलो घुम्तीका अध्यक्ष खड्गबहादुर रानाभाटले सहारा यकेका अध्यक्ष मिनबहादुर गुरुङसहित समुहलाई हस्तान्तरण गरे । सहाराले विगत तीन वर्ष अघि उक्त रकम नौलो घुम्तीलाई सहयोग गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सहारा युकेका अध्यक्ष मिनबहादुर गुरुङले समाजको समृद्धिका लागि नौलो घुम्ती सक्रृय रहेकोमा खुशी व्यक्त गर्नुहुर्द आफुहरु पनि समाजकै लागि देश विदेशमा क्रियाशील रहेकाले समृद्ध समाज निर्माणका लागि सामुहिकतामा अघि बढ्नुपर्ने बताए।
नौलो घुम्तीका अध्यक्ष खड्ग रानाभाटले अतिथिहरुलाई धन्यवाद व्यक्त गर्नुहुदै सहयोगदाताहरुकै प्रेरणाले अति संवेदनशील क्षेत्रमा आफुहरु क्रियाशील रहेको बताउदै नौलो घुम्तीका लागि खानेपानीको समस्या भएकाले बोरिङबाट खानेपानीका लागि सहारासँग सहयोगको अपेक्षा गर्नुहुदै मागपत्र सहाराका अध्यक्ष गुरुङलाई हस्तान्तरण गरे ।
नौलो घुम्तीका कार्यकारी निर्देशक रामशरण सेढाइले पुर्नस्थापना केन्द्रमा खानेपानी साथै सोलारको समस्या रहेको बताउदै हाल ३३ पुरुष र १५ महिला गरी ४८ जना केन्द्रमा रहेको बताए ।
अवलोकनकै क्रममा आयोजित स्वागत कार्यक्रममा नौलो घुम्तीका काउन्सिलर ओमकृष्ण गुरुङले नौलो घुम्तीमा रहेको पुर्नस्थापना केन्द्रले गर्दै आएको गतिविधीका बारेमा जानकारी गराउएका थिए ।
नौलो घुम्ती पुगेको सहारा परिवारलाई खादा लगाएर स्वागत सम्मान गरिएको थियो ।