छवि मगर-
वैदेशिक रोजगारको शिलशिलामा प्रदेशिएका युवाहरुले फेसबुकको मध्यामबाट जमघट भई सहयोगी नेपाली मनहरु फेसबुक टिम स्थापना गरेका छन् । नेपालमा आफुले कमाएको केही रकम लगानी गरी नेपालमै केही जनालाई रोजगार दिन सकिन्छ भन्ने मनसायका साथ उनीहरुले टिम स्थापना गरि सहयोगी नेपाली मनहरु’ नामक प्राइभेट लिमिटेड कम्पनी दर्ता गरेका हुन् ।
प्रदेशमा घर खर्च पठाएर पनि केही बचेको रकम जम्मा गरि कम्पनी खोल्न लगानी गरेको कम्पनीमा कतार संयोजक लोकेश गैरेले जानकारी दिए । संयोजक गैरेका अनुसार यो टिमले वैदेशिक रोजगारमा रहेका ७५ जिल्लाकै व्यक्तिलाई लगानीकर्ताका समेटेर लैजाने योजना रहेको छ । केही समय अघि कम्पनीको लोगो भएको टिर्सट सबै जिल्ला सदस्यहरुलाई प्रदान गरिएको थियोे । उनका अनुसार कम्पनीले नेपालमा विभिन्न ब्यवसायमा लगानी गर्नेछ ।
कम्पनीलाई बलियो बनाउन कतारमा कार्यसमिति समेत बनाइएको छ । जसमा अध्यक्ष लोकेस गैरे, उपाध्यक्ष विजय सनार, कोषाध्यक्ष संजय थापामगर, सचिव विकास पौडेल (गुरुदत्त) सहकोषाध्यक्ष चित्र आलेमगर सहसचिव गोपिराज सिंजालीमगर छन् । यस्तै कार्यसमिति सदस्यहरुमा जयकुमार महतो, भद्रराज गिरी, मिङ्गमा लामा, बिरबहादुर सारु, केशब सार्की, ओमनाथ श्रेष्ठ , हरी प्रसाद, भिम बहादुर रिमाल लगाएत रहेका छन् ।
नेपालमा विभिन्न व्यवसायमा लागनी गर्नका लागि पत्रकार छबि मगरले सहकार्य गरेका छन् । बिदेशमा मात्र गरेर हुदैन हामीले सिकेको सिप र कमाएको रकम ब्यबसाय, आय अर्जनमा लागाउनु पर्छ भन्ने सोचका साथ करिब २५ लाखको पुजीमा ब्यवसाय सुरु गर्ने र सबै सदस्यले ५० हजार देखि १ लाखसम्मको शेयर खरिद गर्ने सक्नेछन् कम्पनीका नेपाल संयोजक छवि मगर भन्छन्, केही प्रतिशत मुनाफा गरिब, असाहय, विभिन्न तालिमका लागि सहयोग गर्ने र बचेको रकम शेयर सदस्यलाई बाँडिनेछ । यो टिमले केही समय अघि पोखरा बृद्धाश्रम, बैदेशिक रोजगारमा भएका विभिन्न क्षेत्रका तीन जनालाई सहयोग गरिसकेको छ ।
एक जनाले मात्र नभएर सबै मिलेुर थोरैथोरै लगानी गरि कम्पनी संचालन गर्न लागि परेको सचिव विकास पौडेल गुरुदत्त बताउँछन् । आगामी दिनमा शिक्षा, सिपमुक ब्यवसाय, कृषि ,स्वास्थ्यमा लगानी गरि रोजगारी सृजना गर्ने उनको भनाई छ ।
फेसबुकको माध्यमाबाट टिम बनाई नेपालमा ब्यवसाय गर्नैको लागी सहयोगी नेपाली मनहरु प्रालि दर्ता गरेको बताउछन् कोषाध्यक्ष संजय थापामगर । प्रा.लिले मुख्यतया चार क्षेत्र कृषिमा पशुपालन ,कुखुरा पालन, तरकारी खेती,च्याउ खेती बिक्रीवितरण, मेकानिकल तर्फ सबै खालका गाडी रिपेङ्गि गर्ने,कार वास सबै खालका गाडिहरु धुलाउने काम कम्पनीले गर्ने सहसचिव सहसचिव गोपिराज सिंजाली मगरले बताए ।
कम्पनीका सहकोषाअध्यक्ष चित्र आलेमगरले नेपाल फर्केपछि पनि केही गर्नुपर्छ भन्ने हेतुले कम्पनी खोलिएको सुनाए । सन्ततीहरुलाइ नेपालमै केही सिकाउनु पर्छ बिदेशमात्र केही छैन गर्ने सक्न हो भने हामी जस्तै झोला बोकी बिदेश लाग्नु पर्द म आज भन्दा २३ बर्ष अगाडी देखी बैदेशिक रोजगार मै कतारमा छु म आफुजस्तै अरु युवा छोराछोरीले भोग्नु नपरोस भन्छन्
कतारमा बसेको नियमित बैठकले सहयोगी नेपाली मनहरु प्रा.लि दर्ता भएकोमा खुसी व्यक्त गरेको र शेयर लागानी गर्न चहानेलाई कम्पनीमा स्वागत गर्ने कम्पनीका संयोजक लोकेश गैरेले बताए । कम्पनीमा चित्र आलेमगर मानबहादुर क्षेत्री , बिजय कुवर, यदुराज गिरी। गोपिराज सिंजालीमगर, देबि बिक ं,राजकुमार धिमाल, सुमन बर्ताेला , मिङ्गमा लामा, रोमन बर्ताेला, संजय थापामगर, लोकेश गैरे, केशब मगर, मनोज महरा, विकास पौडेल गुरुदत्त कतारबाट, दिपक सुनार, हरी चन्द्र बिक कोरियाबाट एक एक लाखको शेयर हाल्ने भएका छन् ।
इराकबाट माया तामाङ्ग, सितल हमाल दुबैबाट ५० को शेयर हाल्ने भएका छन् । नेपाल याम बहादुर राना र छबि मगरले एक एक लाख दरले सेयर हाल्ने भनि बैठकले परित गरेको छ । बैदेशिक रोजगारीमा रहेका अन्य कसैले चाहेमा लगानि गरी नेपालमै केही गर्न समितिले आग्रह गरेको छ ।
सेयर खरदिसगै पुजी बृद्धि गर्ने कम्पनीलार्इै अझ बृहत बनाउने नेपाल संयोजक छबि मगरले बताए । सुरुमा बेकरी र जमिन पाएसम्म कारवासमा पहिलो लगानि गरि चैत्रको पहिलो साताबाट काम सुरु हुने कतारबाट संयोजक लोकेश गैरे बताउछन् ।
Leave a Reply