पोखराको पृथ्वीचोकस्थित सस्तोबजारमा व्यापार गरिरहेका साना तथा स्वरोजगारव्यवसायीहरुले आफूहरुले उपयोग गरिरहेको जग्गा ठेक्कामा दिनेकार्यकाविरुद्ध आज पोखरामा विरोध प्रदर्शन गरेका छन् । सस्तोबजारबाट शुरुभएको विरोध जुलुश नजिकै रहेको शहीद लखन थापाको शालिकलाई परिक्रमा गरीपुनः सस्तो बजारमा पुगेर सभामा परिणत भएको थियो । विरोध प्रदर्शनकाक्रममा सहभागीहरुले जनतालाई शान्तिपूर्वक गरि खान देऊ, दलालहरुलाई लुट्ननपठाऊ, राज्यलाई हामी आफैं भाडा तिर्छौं” लगायतका नाराहरु लगाएका थिए ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा सस्तो बजार व्यवस्थापनसमितिकासंरक्षकशिव खनाललेआफूहरुले कुनै पनि हालतमा यस सस्तोबजारलाई नछाड्नेबरु ज्यानको बलिदानी दिन तयार रहेको बताएका थिए ।
उनले यदि सस्तोबजारमाडोजर लगाउने काम भएमा त्यसको कडा रुपमा प्रतिवाद गर्ने घोषणा गरे ।नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीकासेक्रेटरी जगन तिवारीले नेपाल वायु सेवा निगमसँग भाडामा जग्गा लिएका राजुगोर्खाली लगायतका व्यवसायीहरुलाई आफूले जोजससँग लगानी गरेको रकम होउनीहरुसँगबाट फिर्ता गरेर लैजान आग्रह गर्दै यदि साना स्वरोजगारव्यवसायीहरुको व्यापारिक शटरहरुमा डोजर लगाउने काम भयो भने अख्तियारदुरुपयोग अनुसन्धान आयोगका निवर्तमान अध्यक्ष लोकमानसिंह कार्कीलाईजस्र्तै कडा कारवाही गर्ने घोषणा गरे ।
उनले कुनै पनि मूल्य चुकाएर भएपनिसस्तो बजारका साना स्वरोजगार व्यवसायीहरुको अधिकार स्थापित गरिछाड्नेप्रतिवद्धता पनि व्यक्र गरे । उनले तिब्बती र भुटानी शरणार्थीले नेपालमाआएर व्यापार व्यवसाय गर्न पाउने तर नेपाली नागरिक भएर पनि आफ्नोस्वरोजगार गरेर खान नपाइने कस्तो व्यवस्था हो भनी सरकारसँग प्रश्न गरे ।मोहन वैद्य किरण नेतृत्वको पार्टी क्रान्तिकारी माओवादी कास्कीकासेक्रेटरी भीमबहादुर श्रीष, शुशीला थापा लगायतले पनि सस्तो बजारमा रहेकादुईसय १७ जना साना स्वरोजगार व्यवसायीहरुको पक्षमा हुने जुनसुकैआन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गर्नुका साथै आन्दोलनको सहयोग र समर्थनका
लागि आम बुद्धिजीवि, पत्रकार, मानव अधिकारवादी,, व्यवसायी, कर्मचारी
लगायतलाई आव्हान गरेका थिए ।
Leave a Reply