सर्बोत्कृष्ट लोकदोहोरी नव गायीका तर्फ सम्झना भण्डारी

टुडे पोखरा संवाददाता
0Shares

नेपाल म्युजिक एवार्डको चर्चा चुलिदै गर्दा अन्ततः यसबर्षको सर्बोत्कृष्ट लोकदोहोरी नव गायीका तर्फको एवार्ड छिन छिन बज्ने चुराबाट गायीका सम्झना भण्डारीले पाएकी छन् । हिजोको दिनमा बत्ती बाल्नै पर्दैन त्यो ठाउँमा गीतबाट एकाएक चर्चाको उचाइमा पुगेकी भण्डारीले त्यस यता दर्जनौ गीतहरुमा आवाज दिइसकेकी छन् । उनको आवाजको माग नेपाली लोक सङ्गीतको क्षेत्रमा बढ्न थालेको छ । यसै बिच उनले एवार्ड पाएको चर्चा एकातिर छ भने अको तिर उनको गीत सलल बगेको पानीको ।

 

नव गायक हेम शर्मा र चर्चित गायिका सम्झना भण्डारीको आवाजमा रहेको गीतमा नारायण भट्टराईको लय रहेको छ भने चर्चित गीतकार कमल अर्यालको शब्द सृजना रहेको छ ।

रिना थापा र समीर थोक्करको शसक्त अभिनय रहेको गीतको छायङ्कन बासु बरालले गरेका छन् भने निर्देशन समीर थोक्करको नै रहेको छ । त्यस्तै गीतको सम्पादन प्रकाश एस.केले गर्नुभएको छ । गीतको प्रतिक्रिया निकै राम्रो आइरहेको छ । गायक शर्मा भन्छन् – मलाई थ्री स्टार मिडियाबाट धेरै साथ र सहयोग मिलेको छ त्यसैले पनि म गीत संगीतमा प्रवेश गर्न सकेको छु । साथ दिने सबैलाई धन्यवाद अनि गीतलाई धेरै माया गरिदिनुहोला ।