समृद्धिका सारथि लाहुरे

24Shares

 मनोज घर्तीमगरढुंगैढुंगाले बनेका लोभलाग्दा घरले पोखरा आउने पाहुनाका आँखा तान्छन्। माछापुच्छे्र हिमाल र फेवातालबाहेक आगन्तुकको आँखा पोखरामा अरू केहीले तान्छ भने ती यहाँका घर नै हुन्। बेलायती र भारतीय सेना अनि सिंगापुर पुलिस हुँदा आर्जेको सम्पत्तिबाट लाहुरेले बनाएका चिटिक्क परेका घरको सिको अरूले पनि गर्न थालेपछि पोखरा ढुंगेघरको सहर बनेको छ। ५० वर्षअघि पोखराको समथर जमिनमा कि खेत थियो कि बयरघारी र काँसघाँरी। त्यति बेला लायकको घर हेर्न काहुँडाँडा उक्लनुपर्थ्यो। उपत्यकालाई उत्तर–पूर्वबाट पहरा दिइरहेको काहुँको टाकुरामा थियो अत्यन्तै आकर्षक एउटा घर, कास्कीमा बनेको पहिलो ‘आरसिसी’ घर। त्यो घर बनाउन भारतको गोरखपुरमा बनेका ‰यालढोका प्रयोग गरिएको थियो।

५० वर्षअघि पोखराको समथर जमिनमा कि खेत थियो कि बयरघारी र काँसको खरबारी। त्यति बेला लायकको घर हेर्न काहुँडाँडा उक्लनुपर्थ्यो।

गोरखपुरमा बनेका झ्यालढोकासहित धेरैजसो सामान भैरहवा हुँदै जहाजमै आएका थिए। आजसम्म त्यो घरको ओज घटेको छैन। त्यो घर ब्रिटिस सेनाका अवकाशप्राप्त मेजर वीरसिंह गुरुङको हो। डाँडामा घर! किन त? सामाजिक कार्यकर्ता रवीन्› माकाजू भन्छन्, ‘मेजर सा’ब मैदानी भागमा खेती गर्नुपर्छ र बस्ती डाँडामा बसाउनुपर्छ भन्नुहुन्थ्यो, त्यसको सुरुआत् आफैंले गर्नुभएको थियो।’ माकाजूका अनुसार मेजर सा’बले व्यवस्थित पोखराको सपनामात्रै देखेनन्, त्यसका लागि ठूलो योगदान पनि गरे। पोखरामा आधुनिक स्वास्थ्य सेवाको जग हाल्ने उनै हुन्। शिक्षामा पनि उनको अमूल्य योगदान छ। पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल निर्माणको जग वीरसिंहले नै बसाएका हुन्। अमरसिंह उच्च मावि स्थापना गर्ने पनि उनै हुन्।

चिटिक्क घर, सुन्दर बगैंचा, व्यवस्थित ढलसँगै सफा र चौडा पक्की सडक पोखराको पहिचान र गौरव बन्यो। त्यस्ता घर बनाउने तिनै लाहुरे थिए। नगरको कुनाकुनामा पक्की सडक बन्यो। पोखरा घुम्नेहरू यसलाई युरोपका सहरसँग तुलना गर्छन्। पोखरालाई समृद्ध, धनी र सभ्य मानिस बस्ने सहर भन्न थालियो। पोखरालाई समृद्ध सहर बनाउने मुख्य सारथि हुन् लाहुरे। भन्नै पर्दैन, पोखरा लाहुरेको सहर हो। पोखरा र लाहुरे पर्यायवाचीजस्तै छन्। अवकाशप्राप्त भूपू गोर्खा सैनिकले पोखरालाई आवासीय सहरमात्रै बनाएनन्, आधुनिकीकरणको बाटोमा पनि डोर्‍याए।

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) मध्यपश्चिमाञ्चल अध्यक्ष हर्क पुनका अनुसार २० को दशकदेखि पोखरामा लाहुरेको बसोबास बाक्लिन सुरु गरेको हो। ५० वर्षअघिसम्म काँस र बयरघारीले भरिएको पोखरामा कास्कीकै विभिन्न गाउँ र वरपरका जिल्लाका लाहुरे बसाइँ सर्ने क्रम तीव्र भएपछि विकासले पनि गति लिन थाल्यो। २० देखि ३० को दशकभित्र सिद्धार्थ राजमार्गले भारतीय सीमासम्म र पृथ्वी राजमार्गले राजधानी काठमाडौंसँग सम्बन्ध जोडेपछि पोखरा बजार बन्न थाल्यो। त्यही बाटो हुँदै गुड्ने मोटरबाट यहाँ थुप्रै वस्तु र संस्कृति भित्रिए, र तिनको माध्यम बने लाहुरे।

२०४६ सालको राजनीतिक परिवर्तनपछि त लाहुरेको बसोबास पोखरामा ह्वात्तै बढ्यो। ब्रिटिस, भारतीय सेना र सिंगापुर पुलिसबाट अवकाश पाएपछि पोखरामा घडेरी किनेर लाहुरेले घर बनाए। त्यसपछि पोखराको जग्गाको भाउ बढ्न थाल्यो। लाहुरेले यहाँ घडेरी किन्नुपहिला घरभन्दा बढी झुप्रा थिए। लाहुरेले विदेशमा देखेका अनेकन डिजाइनका आलिसान बंगला बन्न थाले। पोखराको स्वरूप बिस्तारै परिवर्तन हुन थाल्यो। ‘हामीले काँसघारी र बयरघारीमा घडेरी किन्दा धेरैले यस्तो पनि किन्ने हो भन्दै गाली गर्थे’, गेसोको आन्दोलन हाँकेका अध्यक्ष पुन भन्छन्, ‘पोखरा नाम आउनेबित्तिकै यहाँका हरेक क्रियाकलापमा कुनै न कुनै रूपमा लाहुरे जोडिन्छन्। बैंक होस् वा सुपरमार्केट, रेस्टुरेन्ट होस् वा सामाजिक क्षेत्र, विद्यालय होस् वा हस्पिटल, जुनसुकै क्षेत्रमा लाहुरेको योगदान धेरै छ।’

लाहुरेहरू पेन्सन थाप्न आउजाउ गर्दागर्दै पोखरा उनीहरूको आवासीय रोजाइमा पनि पर्न थालेको हो। त्यो जमानामा नगद आम्दानी हुने व्यक्ति औंलामा गन्न सकिन्थ्यो। नगदी कमाइ हुनेमा लाहुरे पर्ने भइहाले। ब्रिटिस सेनाका अवकाशप्राप्त लाहुरेका लागि बु्रनाईमा पनि अवसर मिलेपछि उनीहरूको आम्दानी ह्वात्तै बढ्यो। उनीहरूले खर्च गर्दै जाँदा पोखरामा जग्गा र विभिन्न वस्तुको व्यापार फस्टाउन थाल्यो। गाउँले परिवेश बजार बन्न थाल्यो। २०२८ सालमा सिद्धार्थ राजमार्गमार्फत पोखरा मुलुकका अरू भागसँग जोडियो। २०३१ सालमा बनेको पृथ्वी राजमार्गले काठमाडौंका साथै अरू ठाउँसँग सम्पर्क सजिलो बनायो। सिद्धार्थ र पृथ्वी राजमार्गले जोडेपछि भूतपूर्व लाहुरेले गाडी गुडाएर सार्वजनिक यातायातको जग हाले। लाहुरेले बाहिर गएर धेरै कुरा सिके। तिनलाई दैनिक जीवनमा प्रयोग गर्न खोजे। त्यहीअनुसार पोखरामा लाहुरेबाट नयाँनयाँ कुराहरू भित्रिए। एक्स सर्भिसमेन सेलका संयोजक कर्णेल कमानसिंह गुरुङ भन्छन्, ‘यहाँका नयाँनयाँ डिजाइनका घर बनाउने पनि लाहुरे नै हुन्। तिनकै सिको गरेर अरूले बनाए। बाटो अहिले पनि सफा छ, आफ्नै पैसाले पिच गरेका छन्।’ ट्रान्सपोर्ट विकासको मेरुदण्ड हो र ट्रान्सपोर्टबिना कुनै पनि व्यापार–व्यवसाय टिक्दैन भन्ने बुझेका लाहुरेको समूहले २०३२ सालमा पोखरामै पहिलोपटक भूपू सैनिक ट्रान्सपोर्ट सुरु गरे। हर्कबहादुर गुरुङ अध्यक्ष रहेको यो ट्रान्सपोर्ट सञ्चालनमा आएको धेरैपछि मात्रै पृथ्वी राजमार्ग बस व्यवसाय समिति जन्मियो। त्यसको नेतृत्व पनि तिनै लाहुरे हर्कबहादुरले गरे। त्योभन्दा अघि २०२९ सालमा भारतीय भूतपूर्व गोर्खा सैनिकले पोखराको नयाँबजारमै हिमालयन पेट्रोलपम्प खोलिसकेका थिए। ‘पोखरा जोड्ने पृथ्वी राजमार्ग बन्दै थियो। सिद्धार्थ राजमार्ग बनिसकेको थियो। विजयपुर पुल र सेतीमा पुलै थिएन। अब गाडी धेरै चल्छन् भनेर नै पेट्रोलपम्प खोलेका हौं’, हिमालयन पेट्रोलपम्प प्रालिका तत्कालीन सचिव ८४ वर्षीय भूपू गोर्खा सैनिक वीरबहादुर गुरुङ भन्छन्, ‘यो प्रालि भारतीय सैनिकहरूको संस्था हो। हामी व्यावसायिक बन्नुपर्छ भनेर लागेको हो।’ ५० जना भारतीय भूपू सैनिक संलग्न यस कम्पनीका सूत्रधार क्याप्टेन बुद्धिबहादुर गुरुङ थिए।

पोखरा अघि बढ्दै गयो। पोखरा बजारमा सबैभन्दा पहिले यात्रुका लागि निजीस्तरबाट गाडी चलाउन सुरु गर्ने पनि लाहुरे नै थिए। नौ नम्बर ढ्वाङका नामले चिनिने उक्त गाडी तोरणबहादुर गुरुङले सञ्चालनमा ल्याएका थिए। ‘वैदेशिक रोजगारको सुरुवातसमेत लाहुरेले गरे। तिनले कमाएको आम्दानी पोखराको विकासमा लागेको छ। यहाँ जति पनि नयाँ कुरा भित्रन्छन् तिनमा कतै न कतै लाहुरे जोडिएकै हुन्छन्’, इतिहासविद् प्राडा दिलबहादुर क्षत्री भन्छन्, ‘पोखराभन्दा बाहिर डाँडाकाँडामा बस्ने लाहुरेहरूले जब पोखरामा घर बनाउन थाले। तब पोखराको मुहार फेरिन थाल्यो। पोखरा त बास बस्ने ठाउँको रूपमा विकास भएको हो।’

त्यतिबेला हङकङ, सिंगापुर, मलाया अनि बेलायतका कुरा सुन्न पाइने भनेकै लाहुरेबाट थियो। अचेलजस्तो जोकोही पुग्दैनथे, हङकङ, सिंगापुर र मलेसिया। इष्टमित्र, नातागोतालाई मात्रै होइन लाहुरेले साथीभाइलाई पनि कोसेलीपात बोकेर घर फर्कन्थे। आजभन्दा ४१ वर्षअघि लाहुरेले ल्याउने कोसेलीमा नछुट्ने खानेकुरा हुन्थ्यो, चाउचाउ। पोखराकै ठूल्ठूला किराना पसलले पनि विदेशबाट ल्याएर चाउचाउ बेच्न थाले।

महेन्›पुलमै थियो एउटा प्रोभिजन सप जहाँ विदेशबाट ल्याएका चाउचाउ किन्न पाइन्थ्यो। त्यो प्रोभिजन सप चलाउने फणिन्›मान श्रेष्ठ पूर्वलाहुरे थिए। ती पसल गएर चाउचाउ खान पल्केका व्यक्ति थिए अहिलेका उद्योगपति सूर्यबहादुर केसी। उनको दोस्ती सुशील गोसलीसँग पनि थियो। तिनै ४ मध्येका २ जना कृष्ण र फणीन्›मान मिलेर सिन्के चाउचाउ उद्योग खोले ‘गण्डकी नुडल्स’।

तीसौं दशकको सुरुआतीको कुरा थियो त्यो  गण्डकी नुडल्सले सिन्के चाउचाउ उत्पादन गर्न थाल्यो। सबै भौतिक पूर्वाधार पोखरा औद्योगिक क्षेत्रभित्र तयार थियो। मेसिन फिटफाट गरेर भ्याइसकेर उत्पादन सुरु गर्दा नेपाली पात्रोमा २०३९ माघ २३ गते लागेको थियो। त्यसरी रारा चाउचाउको सुरुआत भएको थियो। नेपालमा मात्रै होइन, त्यो दक्षिण एसियाकै पहिलो चाउचाउ उद्योग हो। रारा चाउचाउ उत्पादनको कथा एउटा उद्योग खुल्नुको कथा मात्रै होइन। एक त चाउचाउको इतिहासमा दक्षिण एसियाकै पहिलो चाउचाउ हुनुको कीर्तिमानी योसँग छ। यसको जरो उनै लाहुरे थिए। ‘इमानदारिता, अनुशासन, शिक्षा, स्वास्थ्य क्षेत्रमा लाहुरेको योगदान जति चर्चा गरे पनि कमै हुन्छ’, शैक्षिक उद्यमी चिजकाजी गुरुङ भन्छन्, ‘पोखराको कुरा गर्दा लाहुरे नचाहँदा नचाहँदै पनि जोडिन आइपुग्छ।’

भर्तीकेन्द्रको योगदान

पोखराको दिपमा गोर्खा भर्तीकेन्› स्थापना भएपछि पोखरा पश्चिमकै आर्थिक, व्यापारिक केन्› बन्यो। पोखरामा अन्य सहरको तुलनामा उद्योग, कलकारखाना जति स्थापना हुनुपर्थ्यो त्यति त भएनन्। तर, भूपू लाहुरेको पेन्सन (रेमिट्यान्स) को भरमा यहाँको अर्थतन्त्र टिक्यो। केही भूपू लाहुरे भने व्यापार–व्यवसायमा पनि होमिए। जीवनस्तर उकास्नलाई व्यापार नै सबैभन्दा ठूलो अस्त्र हो भन्ने बुझेका लाहुरेले २०३५ सालतिरै पोखराको औद्योगिक क्षेत्रमा अन्नपूर्ण ब्याकुलाइट सञ्चालन गरे। त्यसले औद्योगिक क्षेत्रभित्रै बिजुलीका तार उत्पादन गर्नेदेखि बिजुलीका विभिन्न सामग्री उत्पादन गर्थ्यो। ‘सामूहिक व्यापार गर्नुपर्छ। उद्योग चलाउनुपर्छ भनेर यसको सुरुवात गर्ने लाहुरे नै हुन्। खेलकुद, पर्यटन, सांस्कृतिक क्षेत्र, विकास निर्माण हरेक क्षेत्रमा लाहुरेले नछुने कुनै क्षेत्र छैन’ लाहुरेबारे ‘लाहुरे फूल’ नामक कविता लेखका चर्चित साहित्यकार तीर्थ श्रेष्ठ भन्छन्, ‘चाहे यातायात, चाहे होटल, चाहे स्कुलमा, चाहे कला संस्कृति लाहुरेले धेरै योगदान दिएका छन्। लाहुरेबाहेकको अहिलेको पोखरा कल्पनै गर्न सकिन्न।’

कास्कीबाट पठनपाठनका लागि बनारस धाउनुपर्ने भयो। २००७ सालपछिको खुला परिवेशमा पोखराले बिस्तारै पखेटा फिजाउन खोज्दै थियो। प्रजातन्त्र बहालीको पाँच वर्षपछि वीरसिंहले स्वास्थ्य र शिक्षाको जग एकैचोटि बसाएका हुन्। २०१३ साल चैत १३ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र अमरसिंह उच्च माविको सुरुवात भएको थियो। त्यतिबेला भने यिनीहरूको नाम क्रमशः सोल्जर्स बोर्ड अस्पताल र सोल्जर्स बोड भोकेसनल ट्रेनिङ हाइस्कुल थियो। यी अस्पताल र स्कुलको कथा वीरसिंहसँग मात्रै जोडिन्न। त्यसको धागो वीरसिंहजस्तै भारतीय र बेलायती सेनामा भर्ती भएका नेपालीहरूको कथासम्म जेलिएको छ, त्यो पनि पहिलो र दोस्रो विश्वयुद्ध लडेका नेपालीसम्म। दुइटा विश्वयुद्धमा कति नेपाली लडेका थिए, कति घाइते भए र कति मरे? कुनै लेखाजोखा रहेन। ६० हजारभन्दा बढी मरेको अनुमानमात्रै छ। त्यसरी मारिएका नेपालीहरूको परिवारका लागि भनेर भारत सरकाले ५४ लाख भारतीय रुपैयाँ नेपाललाई दिएको थियो। त्यहीमध्ये ४४ लाख भारुबाट खडा भएको थियो, युद्धपश्चात् पुनर्निर्माण कोष। त्यसका पश्चिमाञ्चल संयोजक चुनिए वीरसिंह गुरुङ।

गोरा अंग्रेजहरूको लवाइखवाइ र रहनसहनबाट प्रभावित लाहुरेले शिक्षा र स्वास्थ्यको महŒव पनि उनीहरूकै संगतले बु‰न पाएका थिए। अमरसिंह उच्च माविमा भूतपूर्व सैनिक परिवारका सदस्यलाई निःशुल्क र अरुलाई अति न्यूनतम शुल्क लिएर पठनपाठन सुरु भएको थियो। सोल्जर्स बोर्ड भोकेसनल टे्रनिङ जुनियर हाइस्कुलका नामले स्थापित विद्यालयको स्वामित्व २० को दशकमा नेपाल सरकारले लिएको हो। अमरसिंह स्कुल स्थापना गर्नुअघि २०११ सालमै मेजर वीरसिंहले काहुँमा निजी खर्चबाट पाँच रोपनी जग्गा किनेर प्रावि तहको स्कुल खोलेका थिए। २०१७ पछि त्यो स्कुल कालिका माविका रूपमा आजसम्म चलिरहेको छ। अहिले उक्त स्कुल उच्च मावि बनिसक्यो। सिल्दजुरेमा जुरेथुम प्रावि, सिक्लेसमा अन्नपूर्ण, याङ्जाकोटमा सीताराम, लुम्लेमा माझगाउँ स्कुल पनि वीरसिंहले नै स्थापना गरेको स्थानीय बताउँछन्। वीरसिंहले अस्पताल पोखरामा मात्रै नभई स्याङ्जामा पनि खोलेका थिए।

त्यसताका ब्रिटिस र भारतीय सेनाका भूतपूर्व सैनिकजति पेन्सन थाप्न गोरखपुर जानुपर्ने बाध्यता थियो। बूढाबूढीलाई बोकेर लैजानुपर्थ्याे। महिनाको पाँच रुपैयाँका दरले ६० रुपैयाँ (भारतीय) लिन जाँदा कम खर्च हुन्थेन। ‘भारतीय सैनिक अधिकृत र नेपालका सरकारी उच्च अधिकारीसँग कुरा पुर्‍याएर पेन्सन क्याम्प पोखरामा राख्ने प्रबन्ध उनैले वीरसिंहले नै मिलाएका हुन्। पोखरामा पेन्सन क्याम्प बसेपछि त पोखराले रूपै फेर्‍यो। लाहुरे बस्ती पोखरा मुलुकका अन्य सहरको तुलनामा व्यवस्थित र सफा छ। ढुंगाले बनेका घर आकर्षक छन्। धेरै बसाइ व्यवस्थित छ। लाहुरेहरू गाउँटोल सफा राख्छन्, त्यसको सिको अरूले पनि गर्दा सहरी सरसफाइ र व्यवस्थापन तुलनात्मकरूपमा स्तरीय बनेको छ। ‘गुरुङ मगर जातिका युवा बढी लाहुरे जाने चलन थियो। उनीहरूले पोखरा र वरपरको जनजीवनमा धेरै परिवर्तन ल्याए। पैसो भिœयाए। गाउँलाई सहर बनाए। खानपिन, लाउने। रमाउने सबैमा उल्लेख्य परिवर्तन भयो’ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी भन्छन्, ‘पोखरा र वरपरका सहरमा व्यापरिक क्रियाकलापमा सकारात्मक भूमिका बढाउनुमा लाहुरेकै योगदान छ। त्यसैले नै आजको पोखरा बनेको हो।’

फेसनेवल सहर

पोखरा फेसनेवल सहरका रूपमा चिनिनुमा पनि लाहुरे परिवारकै देन छ। काठमाडौंभन्दा पहिल्यै नयाँ फेसन पोखरामा भित्रिन्छ भन्ने मान्यता छ। लाहुरे परिवारको सम्बन्ध हङकङ, बेलायत, बु्रनाईमा भएकाले पनि त्यताको फेसन सिधै पोखरामा भित्रिएको हो। अहिले गल्लीगल्लीमा खुलेका बुटिक र ब्युटी पार्लरले उद्योगको रूप लिनुमा पनि लाहुरे समुदाय जोडिन्छ। २०३३ सालतिर गेसो अध्यक्ष पदमबहादुर गुरुङकी पत्नी बोलमाया गुरुङले लेकसाइडमा पहिलो बुटिक सुरु गरिन्। झन्डै ३१ वर्षअघि अर्की लाहुरेनी मिना गुरुङले पोखरामा ब्युटी पार्लर व्यवसाय भिœयाइन्।

सरकार मातहतको निकाय केन्›ीय तथ्यांक विभागका अनुसार सबैभन्दा कम गरिब भएको महानगरपालिका हो पोखरा। पोखरामा गरिबीको रेखामुनिको जनसंख्या १ प्रतिशतभन्दा कम छ। त्यसैगरी जिल्लाका हिसाबले समृद्धिमा सर्वाेत्कृष्ट बनेको छ कास्की। अहिले महानगरमा गाभिएको लेखनाथ नगरपालिका धनी नगरपालिकाको सूचीमा पाँचौं स्थानमा थियो। सरकारले २०६८ मा गरेको जीवनस्तर सर्भेक्षणले कास्कीलाई अब्बल देखाएको हो। धनी हुनुको अर्थ के हो? पैसाको कसीमा घोटेरमात्रै धनी भनिएको होइन। यहाँका बासिन्दाको पढाइलेखाइ कति छ भनेर पनि त्यो कसीले घोट्छ। यहाँ शिक्षाको जग हालिदिने पनि उनै लाहुरे थिए। जिल्ला शिक्षा कार्यालयका अनुसार कास्कीका ३ प्रतिशत बालबालिकामात्रै स्कुलबाहिर छन्। साक्षरता प्रतिशत ८२ छ। जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रमेश अधिकारीका अनुसार कास्केलीको औसत आयु ७० वर्षभन्दा माथि छ। राम्रो आम्दानी भए त्यसैअनुसार खर्च हुने भइहाल्यो। कास्केली पनि आम्दानीमा अगाडि छन्। प्रतिव्यक्ति आम्दानी ३ सय १३ अमेरिकी डलर छ।

पोखरामा २०१० सालसम्म लगभग १० हजार जनसंख्या थियो भन्छन् बुढापाका। अहिले भने ३ लाख हाराहारीमा छ। जिल्लाभरको भने पुगनपुग ५ लाख छ। राष्ट्रबैंक पोखरा कार्यालयका अनुसार यहाँ डेढ सय बैंक तथा वितीय संस्थाले मात्रै महिनाको झन्डै १० अर्ब रेमिटेन्स भिœयाउँछन्। कास्कीबाट ५७ हजारजना वैदेशिक रोजगारमा गएका छन्। पोखरामा कति धेरै आर्थिक गतिविधि हुन्छन् भन्ने यहाँका बैंक तथा वित्तीय संस्थाको संख्याले नै बताउँछ। ३२ मध्ये ३० वटा वाणिज्य बैंकले यहाँ शाखा खोलेका छन्। कास्कीका एक लाख २५ हजार घरधुरीमध्ये ७६ हजार परिवार एलपी ग्यास प्रयोग गरेर खाना पकाउँछन्। यसले उनीहरूको आर्थिक हैसियत दर्शाउँछ। एक लाख २० हजार घरमा बिजुली सुविधा छ। एक लाख १५ हजार आठ सय २२ परिवारले पाइपमार्फत् धाराको पानी उपभोग गर्दै आएका छन्। जिल्लाभर एक हजार पाँच सय किलोमिटर सडक छ।

Source:Nagariknews.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *