पोखराको नयाँबजजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ पोखरा’ अगाडि बढ्दै गर्दा दर्शक र कारोवार दुबैमा बृद्धि भएको छ । आयोजक पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीका अनुसार मेलामा हालसम्म २ करोडभन्दा बढीको कारोवार भएको छ भने २५ हजारभन्दा बढी दर्शकले मेलाको अवलोकन गरेका छन् । मेलामा घरायसी सामानदेखि गाडी र मोवाइलसम्म समावेश गरिएकोले गृहिणीहरुको लागि मेला किनमेलको केन्द्र बनेको उनको भनाई थियो ।
मेलाको प्रवेश टिकटमा दैनिक रुपले राखिएको पुरस्कारले पनि अवलोकनकर्तामा उत्साह थपेको मेलाका प्रायोजन व्यवस्थापन उपसमिति संयोजक गोकर्ण कार्कीले बताए । मेलाको प्रवेश टिकटमा दैनिक रुपले मनकामना केवलकार र चन्द्रागिरी केवलकारको टिकट प्रदान गरिएको छ भने पोखरामा यही माघ ९ गतेबाट आयोजना हुने आहा रारा गोल्डकपको टिकट पनि उपहारको रुपमा समावेश गरिएको छ । उता लोकदोहोरीमा रम्न चाहनेहरुलाई पनि हरपल चामल, मिलानो चप्पल लगायतले उपहारको व्यवस्था गरेका छन् । पोखरा उद्योग वाणिज्य संघले यो मेलाको प्रवेश टिकटमा बम्पर उपहारको व्यवस्था समेत गरेको छ । मेला समापनको दिन मेलाको प्रवेशटिकटमध्ये एकजनालाई गोलाप्रथाद्धारा हुण्डाई कम्पनीको इवन गाडी उपहारको राखिएको छ ।
सो गाडीको बजार मूल्य १८ लाखभन्दा बढी रहेको छ । पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उदेश्यले मेलाको आयोजना गरिएको हो । लगानीको सम्वद्र्धन ः उद्योग ब्यवसायको प्रवद्र्धन भन्ने नारा अनुरुप नै यो मेला प्रदेश नम्बर ४को ब्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उदेश्यमा समेत समर्पित रहेको संघका अध्यक्ष विश्वशंकर पालिखेले बताए ।
पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला २०७४ पोखरा’मा शनिबार पपगायकहरु प्रमोद खरेल, धिरज राई र ममता गुरुङले मेलामा सहभागिहरुलाई भरपुर मनोरञ्जन दिए । यसैगरी लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, मञ्जु पौडेल, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, राजन कार्की, , निश्चल दवाडी, गंगा त्रिपाठी पनि मेलाका आकर्षण रहे । आइतबार पपतर्फ सरिता प्रजापति, अनिल विक, रोसनी गुरुङसहित साँझ डिजे सेसन समेत हुनेछ भने भटभटे माइलाले दर्शकलाई पेट मिचिमिची हसाउँनेछन् । लोकदोहोरी गायकहरु प्रजापति पराजुली, ज्योति मगर, चोलेन्द्र पौडेल, शंकरविरही गुरुङ, सुरेन्द्र गुरुगं, लक्ष्मी केशव देवकोटा,,प्रिया गुरुङ र नेत्र खड्काको विशेष प्रस्तुति रहने मेलाका साँस्कृतिक उपसमिति संयोजक पवनकुमार प्रजापतिले जानकारी दिए ।
Leave a Reply