लायन्स पोेखरा युनाइटेड चौतारी र अमर बुद्धको मधुमेह सचेतना कार्यक्रम सम्पन्न

 

लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारी र लायन्स क्लव अफ अमर बुद्धको संयुक्त आयोजनामा नवलपरासीको लमहीमा पोशाक वितरण तथा मधुमेह सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । दुई लायन्स क्लवले संयुक्त रुपमा नवलपरासीको मध्य विन्दु नगरपालिका ४ लमहीमा रहेको जनता शिद्ध अमर माविमा कक्षा एक देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुहरुलाई विद्यालय पोशाक वितरण गरेका हुन ।
विद्यालयमा अध्ययनरत मुसहर, दलित, चेपाङ, बोटे र निम्न बर्गका १ सय १० जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीका अध्यक्ष शान्ता बहादुर थापाले जानकारी दिए । कार्यक्रममा वोल्दै प्रमुख अतिथी लायन्स क्लव अफ डिष्ट्रक ३२५ बी वान का रिजन चियर पर्सन बालकृष्ण शर्माले लायन्स क्लवहरु गरिव तथा असाह्यहरुको सेवामा संधै तल्लिन रहेको वताउदै लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारी र अमर बुद्धले पनि सामाजिक कार्यमा आफुलाई अग्रसर वनाउदै लगेकोमा खुसी ब्यक्त गरे । उनले मुसहर, दलित, चेपाङ, बोटे र निम्न बर्गका विद्यार्थीहरुलाई गरिएको सहयोग उत्कृष्ट रहेको वताउदै बालवालिकाहरु शिक्षा बाट बञ्चित हुन नदिन यस्ता कार्यलाई निरन्तरता दिन आग्रह समेत गरे ।
विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष खडानन्द तिवारीले क्लवले आफ्नो स्कुललाई सहयोग गरेको भन्दै धन्यवाद ब्यक्त गरे । उनले आगामी दिनमा पनि आफ्नो स्कुललाई सहयोग गरिदिन आग्रह समेत गरे । लायन्स क्लव अफ पोखरा युनाइटेड चौतारीका अध्यक्ष शान्ता बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक पिन्जड नारायण चौधरी, लायन्स क्लव अफ अमरबुद्धका अध्यक्ष शारदा गौतम, क्लवका प्रथम उपाध्यक्ष शान्तादेवी भण्डारी थापा, मध्यविन्दुु नगरपालिका वडा नम्बर २ का अध्यक्ष नारायण पौडेल, वडा सदस्यद्धय विष्णु न्यौपाने, पदम नारायण चौधरी लगायतले वोलेका थिए भने कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ युनाइटेड चौतारीका सचिव सुरेन्द्रराज गिरीले गरेका थिए ।
साथै सोही अवसरमा स्थानियका लागी आयोजना गरेको निशुल्क मधुमेह सचेतना कार्यक्रममा ३ सय ५० जना लाभान्वित भएका छन । कार्यक्रममा मेडिकल पर्सन समेत रहेका क्लवका सचिव गिरीले स्थानियहरुलाई मधुमेहको बारेमा सचेतना प्रदान गरेका थिए ।