सन्दिपाको मोडलिङ मोह

Today Pokhara
0Shares

हँसिलो मुहार , बदामगेडी आँखा , गहुँगोरो वर्ण ,पाँच फिट चार ईञ्ज अग्ली सन्दिपा श्रेष्ठ निकै फरासिली छिन् । बिर्तामोड–९ झापाकी सन्दिपाको लक्ष्य मोडलिङ गर्नु र गीत गाउनु हो । बिर्तामोडमै संगीत सिकिरहेकी उनी गीत गाउने तयारीमा छिन् । गएको वर्ष मिस प्लस टु पूर्वाञ्चलमा सहभागी भएपछि मोडलिङतिर उनको रुची ह्वात्तै बढेको छ ।

मिस प्लस टु पूर्वाञ्चलमा मिस बेस्ट हेयरका सबटाइटल जितेपछि उनलाई मोडलिङको भोक

जागेको हो । स्थानीय केही अनलाइनका लागि फोटो सुट गराएपछि उनलाई धेरैले फोटोजेनिक भन्न थालेका छन् ।

घुफिर गर्न र साहसिक खेलमा उत्तिकै रुची राख्ने सन्दिपा फुर्सदमा टिभी हेर्ने, साथीहरुसँग गफ गर्ने गर्छिन् । त्यसो त उनलाई मोडलिङ क्षेत्रमा काम गर्न घरबाट पनि सपोर्ट छ । मोडलिङमै लाग्न उनलाई उचाईले समेत साथ दिएको छ । मौका पाए विज्ञापनमा मोडलिङ, म्यूजिक भिडियो, फिल्म लगाएत क्षेत्रमा काम गर्न ईच्छुक रहेको बताउँछिन् सन्दिपा ।