पोखरा, १० असोज
पोखरामा रहेका सडक बालबालिकाका लागि दशैंमा खाना खुवाउन तथा नयाँ कपडा किनिदिने हेतुले नेपाली फिल्मको च्यारिटी शो गरिने भएको छ । सामाजिक सञ्जालमा आबद्ध भई सामाजिक सेवाका क्षेत्रमा क्रियाशील युवाहरुले ‘दशैं सबैका लागि’ नाराका साथ शनिबार विहान फिल्मको च्यारिटी गर्ने भएका हुन् ।
‘परिवर्तन फुटेर हैन जुटेर’ भन्ने नारालाइ आत्मसाथ गर्दै खोलिएको वी आर वानले सडक बालबालिकाको लागि खर्च जुटाउन नेपाली फिल्म झुम्कीको च्यारिटी शो गर्न लागेको संयोजक सूर्य तिमिल्सिनाले जानकारी दिए । पूर्णिमा हलमा विहान ८ बजे फिल्म शो हुनेछ ।
मेन्स रुम रिलोडेड (एमआरआर), पोखराका नाममा सक्रिय भएका उनीहरुले अब सो समूह पोखरामा विघटन गरी वी आर वान (डब्लूएओ) समूहमार्फत अघि बढेका हुन् । पुरुष मात्र रहेको सो समूहबाट अलग भएपछि गल्र्स राईजिङ रुम (जिआरआर) पनि समाहित भएको छ ।
‘दशैं जस्तो महान चाडमा जति सुकै टाढा भएपनि आफन्त भेट्न सबै घर जान्छन् तर सडकबालबालिका सडकमै हुन्छन् ।’ संयोजक तिमिल्सिनाले भने– ‘हामीले थुप्रै कार्यक्रमहरु गरिसकेका छौं । सडक बालबालिकाका लागि अन्य समयमा पनि कामहरु गर्यौं । दशैं जस्तो बेला झनै उनीहरुलाई आफन्त नहुनुले पीडाबोध हुने भएकाले यो कार्यक्रम गर्न लागेका हौं ।’
अभिभावक विहीन बालबालिकाको केहि क्षण भएपनि अभिभावकत्व वहन गर्दै उनिहरुसँग आत्मीय सम्बन्ध विकास गर्ने हेतुले कार्यक्रम गर्ने निर्णय गरिएको अर्की संयोजक शर्मिला कार्कीले बताईन् । ‘ दोश्रो चरणमा पुनस्र्थापनाको लागि पहल गरिने छ’ – उनले भनिन् –‘उनीहरुलाई दुव्र्यसनीबाट बचाउन सचेतनात्मक कार्यक्रम गरिनेछ ।’ टिकट विक्रीमार्फत उठेको रकम सडक बालबालिकाका लागि खर्च गरिने जनाईएको छ ।
Leave a Reply