सडक बालबालिकाको आवाज उठाउदै नौ दिने पैदल यात्रा

0Shares

कास्कीमा भर्खर स्थापना भएको सडक बाल आवाज ( VOICE OF STREET ) को आयोजनामा यही फाल्गुन १८ गतेदेखी पोखराबाट काठमाडौंसम्मको पैदल यात्रा हुने भएको छ ।
सडकमा रहेका अनाथ असाहय बालबालिकाहरुको हकहित र अधिकारको बारेमा जनचेतना जगाउने उद्देश्यले गरिने नौ दिने पैदल यात्रा पृथ्वीचोक पोखराबाट सुरु भै तनहुँ, गोर्खा, धादिङ, नुवाकोट हुदै काठमाडौंको बसन्तपुर दरवार स्कवायरसम्म पुग्ने पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष प्रेम बहादुर गुरुङ (प्रदिप )ले जानकारी दिए ।


पैदल यात्रामा संस्थाका अध्यक्ष प्रेम बहादुर गुरुङ (प्रदिप) , कोषाध्यक्ष देवेन्द्र कुमार गुरुङ र सचिव जरिना गुरुङले संयुक्त रुपमा पोखरादेखि काठमाडौंसम्मको २१० किलोमिटर पैदल यात्रा गर्ने भएको हो । पैदल यात्राको क्रममा स्थानिय जनसमुुदायहरुसंग त्यस क्षेत्रमा रहेका बालबालिकाहरुको अवस्थाबारे जानकारी लिने र उनीहरुको हक अधिकारको बारेमा छलफल समेत गर्नेछ ।
प्रेम बहादुर गुरुङ (प्रदिप )को अध्यक्षतामा आइतबार सम्पन्न भएको पत्रकार सम्मेलनमा संस्थाका सदस्य शिव न्यौपानेले कार्यक्रम संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *