सञ्जोगैले को सँग भेट भो तनहुँमा ? (भिडियोसहित)

0Shares

‘सञ्जोगैले भेट भोे तँनहुमा, यति राम्री नानी देख्दा के साइनोले बोलाम म…’ बोलको कौरा गित बजारमा आएको छ । मिडियाकर्मी छवि घर्तिमगर र नवगायिका साबित्रि मगरले गितमा स्वर दिएका छन । शब्द पनि गायकद्वयले नै लेखेका हुन ।

गितलाई टुडे पोखरा प्रालिले बजारमा ल्याएको हो । गितको सुटिङ्ग तनहुँको धयरेस्थित टुकराज अधिकारीको घरमा भएको हो । गितको भिडियोमा प्रेम बुढामगर तथा सरिता थापामगरले अभिनय गरेका छन् ।

म्युजिक भिडियोको निर्देशन लेखक एवं पत्रकार मनोज घर्तीमगर र स्टार स्टुडियो प्रा.लि.की संचालक तथा गुरुङ चलचित्रकर्मी जसु गुरुङले गरेका हुन । गीतको कोरियोग्राफी मनोहर रानामगर गरेका हुन् भने सुमन गुरुङ्ग र अनिस श्रेष्ठले छायांकन गरेका हुन ।

मगरहरुको प्रचलित कौरा गीत विषेशगरि तँनहुमा गाइन्छ । तनहुँकै सेरोफेरोलाई समेटेर तयार पारिएको गितलाई टुडे पोखरा टिभि युट्युव च्यानलमार्फत सार्बजनिक गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *