सञ्जय पुन मगरको सम्झनालाई मिठो बोली 

टुडे पोखरा संवाददाता
0Shares

लोक तथा दोहोरी गायक सञ्जय पुनमगरले आफ्नो नयाँ सांगीतिक कोसेली बजारमा ल्याएका छन् । थुप्रै दोहोरी, सालैजो तथा झ्याउरे गीत पस्किसकेका उनले पछिल्लो पटक “सम्झनालाई मिठो बोली”बोलको पञ्चेबाजाको गीत लिएर आएका छन् ।


सञ्जयले आफ्नै शब्द र लयमा सो पञ्चेबाजा गीतको म्यूजिक भिडियो समेत निर्माण गरेका छन् । उनलाई अहिलेकी चर्चित लोक तथा दोहोरी गायिका जुना श्रीसमगरले स्वरमा साथ दिएकी छन् । संगीतकार बीबी अनुरागीले सो गीतको एरेञ्ज गरेका हुन् । बागलुङको गलकोट नगरपालिका–११, रिघामा छायांकन गरिएको सो म्यूजिक भिडियोको निर्देशन गोविन्द पुनमगरले गरेका हुन् भने दानबहादुर श्रीसमगरले छायांकन तथा सम्पादन गरेका हुन् । म्यूजिक भिडियोमा पुनम पुनमगरको श्रृंगार र मिलन गुरुङको कलरिङ रहेको छ भने मोडलहरू रमेशबाबु थापामगर र बिनु बहिकमगरले अभिनय गरेका छन् ।