सजिलो छैन लाहुरे बन्न ? हेर्नुहोस् कति गर्नुपर्छ दुःख ।

0Shares

घट्दो युद्ध, बढ्दो सुविधा र सुस्ताएको लाहुर–भर्ती विरोधी स्वरसँगै लाहुरे हुने चाहाना बोक्ने युवाको संख्या ठूलो छ ।

हरेक वर्ष १० हजारभन्दा बढी नेपाली युवा बेलायती तथा सिंगापुरे पुलिसका लागि हत्ते हाल्दा मुस्किलले ३ सय ५० हाराहारीको भाग्य चम्कन्छ । प्रथम–द्वितीय विश्वयुद्धताका जस्तो नेपाली युवालाई सोहोरेर लैजाँदैन आजभोली । विश्वयुद्ध चल्दा लौरोले नापेर एकै दिनमा तीन–चार हजार भर्ती लिने बेलायतले यति सानो संख्या छान्न झन्डै आठ महिना लगाउँछ ।

सङ्ख्या थोरै हुनाले भर्तीमा ठूलो प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धाको सुरुङभित्र पसेर निस्कन नेपाली युवालाई जति कठिन छ, त्यति नै सहज भएको छ, बेलायतलाई रोजी–रोजी भर्ती लिन । तैपनी ‘भर्तीको लाइन’ घट्दैन । विदेशी सेनामा जान हजारौं युवा आखिर किन यस्तो मरिहत्ते गर्छन् ? हेर्नुहोस् भिडियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *