‘सच्चाई केन्द्र धर्म प्रचार र धर्म परिवर्तन गराउने संस्था होइन’

ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालले कुनै धर्मको प्रचार र धर्म परिवर्तन नगरेको जनाएको छ ।

धर्म प्रचार गर्ने गरेको आरोप लगाएपछि संस्थाले बुधबार पत्रकार सम्मेलन गरि यस्तो प्रतिक्रिया जनाएको हो । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १६ लामाचौर गैराबारीमा संस्थाको शाखा बिस्तार गर्ने क्रममा स्थानीय व्यक्तिहरुले अवरोध पुर्याएको संस्थाका अध्यक्ष प्रकाशदिप गैरेले जानकारी दिए ।

‘शाखा अध्यक्ष रिना सुनारको नाउँमा रहेको घरजग्गामा कार्यालय राखेको र मोति बहादुर थापाको नाउँको जग्गा भाडामा लिई अस्थायी प्रकृतिको टहरा निर्माण गरी गरेको काम गरिरहेका थियौं’ अध्यक्ष गैह्रले पत्रकार सम्मेलनमा भने,‘संस्थाले गरेको गतिविधिमा बाधा अड्चन खडा गर्ने, टहरा निर्माण कार्यमा बाधा पु¥याउने, संस्थाको गतिविधिमा सम्मिलित व्यक्ति लछारपछार गर्ने, घरभित्रै गएर कुटपिट गर्ने, ज्यानै मार्ने धम्कि दिने, समेतका कार्य गरिदै आइएको छ ।’ अध्यक्ष गैहै्रले यस्ता गैह्र कानूनी र उदण्ड ब्यबहार गर्ने व्यक्तिलाई वडा प्रहरी कार्यालय बगरले झिकाएर छलफल गरेपछि अवरोध नगर्ने भनेर मिलापत्र समेत गरिए पनि व्यवहारमा त्यस्तो नभएको दाबी गरे ।

‘भदौ २२ गते र २४ गते संस्थाले आफ्नै कार्यालयमा कार्यक्रम गरिरहेको बेला विभिन्न उच्छ्रिङखल किसिमको नारा लगाउने, त्यहाँ रहेका व्यक्तिलाई होच्याउने उदेश्यले थुक्ने, तुच्छ शब्द बोल्ने लगायत करिब साढे ३ घण्टा बाहिर निस्कन नसक्ने अवस्थ सिर्जना गरियो’ अध्यक्ष गैह्रैले गुनासो गर्दै भने,‘संस्था र संस्थामा कार्यरत व्यक्तिलाई अप््ठयारो पर्ने अवस्था आएपछि शान्ति सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीमा निबेदन दिँदा,  निवेदन दर्ता गरिएन ।’ संस्थाका उपाध्यक्ष शुशिला कट्टेलले सच्चाई केन्द्रले कुनै पनि धर्मको प्रचार गर्दै नहिडेको स्पष्ट पारिन् । उनले संस्थाले त्यस्तो गरेको प्रमाणित भएमा जस्तोसुकै कारबाही भोग्न संस्था तयार रहेको बताइन् ।

‘कानूनले प्रतिबन्ध लगाएको बाहेक कानून बमोजिम गर्न हुने कार्य गर्न सबै व्यक्ति र संस्थाको अधिकार हो’ उनले भनिन् । संस्थाका सचिव कमल थापाले सच्चाई केन्द्रले कहिले पनि धर्म प्रचारमा नगरेको र कानूनले निषेध गरेको कार्य नगरेको प्रष्ट पारे ।

‘संस्थाले कानून बमोजिम काम गर्दागर्दै हामीले गतिविधिमा कुनै रोकावट गर्नुले हाम्रो गम्भीर ध्यानकाकर्षण भएको छ’ सचिव थापाले भने,‘हामीले जिल्ला प्रशासन कार्यालयलाई गुहार्दा समेत कुनै सुनाई नभएपछि पत्रकार सम्मेलन गरि हाम्रा कुरा सार्वजनिक गरेका हौं ।’ सचिव थापाले जिल्ला प्रशासन कार्यालय कास्कीमा २०७४ साउन ८ गते संस्था दर्ता ऐन २०३४ को अधिनमा रही यो संस्था दर्ता भएको र संस्थाको बिधानले बमोजिम काम गर्दै आइरहेको बेला केही नीश्चित व्यक्तिले धर्मको प्रचार गर्ने गरेको आरोप लगाइ संस्थालाई बदनाम गराउने प्रपञ्च रहेको बताए ।

 

उनले संस्थाको पदाधिकारी सदस्य, शुभेच्छुक माथी कुनै किसिमको सुरक्षाको दृष्टिकोणले आंच नआउने कार्य गरी संबैधानिक र कानूनी व्यवस्थाको अधिनमा रही काम गर्नेै बाताबरण मिलाई दिनुहुन नागरिक समाज, बिभिन्न धार्मिक आस्थामा आबद्ध संघ संगठन, बिभिन्ने राजनैतिक दलहरुका प्रतिनिधि एवं सदस्य ज्युहरु, सुरक्षा निकायहरु, शान्ति सुरक्षाको जिम्मेवारी लिने निकाय कार्यालयहरु, मानव अधिकारसंग सम्बन्ध राख्ने संघ संगठनहरुलाई अनुरोध गरेको समेत जानकारी दिए ।